रणवाङ –दरुङ– हिदी सडक स्तरोन्नति थालियो

म्याग्दी। रणवाङ–दरुङ–हिदी सडक स्तरोन्नति प्रारम्भ भएको छ। १ दशकअघि निर्माण सुरु भएको यो सडकका लागि रु १ करोड बजेट विनियोजन गरिएको मङ्गला गाउँपालिका–२ का वडाध्यक्ष धनबहादुर खातीले बताए।

Advertisement 1

हाल सडक फराकिलो पार्ने, ग्रेड र मोड सुधार, वर्षाको पानी निकासका निम्ति नाली निर्माण र सडक किनारमा पर्खाल निर्माण धमाधम भइरहेको गाउँपालिकाका सबइन्जिनियर विपिन आचार्यले बताए।
–––

प्रकाशित :२०८२ चैत्र १८, बुधबार १०:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry