सानो लिंग र लिंग ठूलो बनाउने उपाय

म अविवाहित किशोर हुँ । म २१ वर्षको भएँ । मेरो लिंग निकै सानो छ, जसले गर्दा मलाई मेरा साथीहरू जिस्क्याउँछन् । यही कारणले मेरी प्रेमिका पनि मसँग खुसी छैनन् । लिंग के कारणले सानो हुन्छ ? मैले आफ्नो लिंग ठूलो बनाउन के–कस्तो उपाय अपनाउनुपर्ला ?
Advertisement 1
विश्व स्वास्थ्य संगठनका अनुसार १० देखि १९ वर्षको उमेर किशोरावस्था हो । यस अर्थमा तपाईंले किशोरावस्था पार गरिसक्नुभएको छ र युवावस्थामा हुनुहुन्छ ।
लिंग कत्रो हुनुपर्छ ?
सामान्यतः उत्तेजित अवस्थामा लिंगको सालाखाला लम्बाई यस्तै १५ सेन्टिमिटर हुन्छ । धेरैजसोको लिंगको लम्बाइ १३ देखि १६ दशमलव ५ सेन्टिमिटरभित्र परे पनि यस्तै ७ प्रतिशतजति व्यक्तिको लिंग ११ सेन्टिमिटरको हाराहारीमा हुने एक अध्ययनले देखाएको छ । केही मानिसको लिंग साँच्चिकै सानो हुन सक्छ र त्यस्तो स्थितिलाई भनिन्छ । शिशु जन्मदा लिंग तन्काएर नाप्दा १ दशमलव ९ सेन्टिमिटर अर्थात पौने (३र४) इन्चको भए त्यसमा शंका गर्नुपर्ने हुन्छ र कारणको खोजिनीति गर्नुपर्छ । यस्तै हजार जना व्यक्तिमध्ये ६ जनामा यस्तो स्थिति हुन सक्ने देखिएको छ । तपाईंले आफ्नो लिंगको नाप नलेख्नुभएका कारण तपाईंको लिंग साँच्चिकै सानो छ भन्न सकिने स्थिति भएन ।
Advertisement 2
लिंगको लम्बाइ तथा मोटाइ व्यक्तिअनुसार फरक–फरक हुन सक्छ । कसैको लामो हुन सक्छ भने कसैको छोटो । त्यसैगरी कसैको मोटो भने कसैको पातलो अनि आकार पनि फरक–फरक हुन सक्छ । एक अध्ययनले लिंगको सालाखाला लम्बाइ उत्तेजित नहुँदा ३ दशमलव ८९ इन्च तथा उत्तेजित हुँदा ६ दशमलव २१ इन्च हुने कुरा उल्लेख गरेको छ । त्यस्तै सालाखाला मोटाइ उत्तेजित नहुँदा ३ सेन्टिमिटर ७५ इन्च र उत्तेजित हुँदा ४ दशमलव ८५ इन्च हुन्छ । अहिले देशअनुसार लिंगको नापसम्बन्धी गरिएका अध्ययनहरूका नतिजा पनि उपलब्ध छन् । अध्ययनहरूअनुसार केही विविधता भए पनि कङ्गो (७ दशमलव १ इन्च), इक्वेडर (६ दशमलव ९ इन्च), हल्यान्ड (६ दशमलव २ इन्च), फ्रान्स (५ दशमलव ७ इन्च), बेलायत (५ दशमलव ५ इन्च), संयुक्त राज्य अमेरिका (५ दशमलव १ इन्च), पाकिस्तान (४ दशमलव ८ इन्च), दक्षिण कोरिया (४ दशमलव ४ इन्च), जापान (४ दशमलव ३ इन्च), थाइल्यान्ड (४ इन्च), भारत (४ इन्च) तथा उत्तरी कोरिया (३ दशमलव ८ इन्च) देखिएको छ । नेपालको सन्दर्भमा लिंगको नापको तथ्याङ्क उपलब्ध नभएका कारण यसै भन्न नसकिए पनि हाम्रो वरिपरिका देशका बासिन्दासँग वंशाणु वा जातीय तथा अन्य कतिपय कुरा मिल्ने भएकाले तुलना गर्न मनासिव नै होला ।
लिंगको नाप केले निर्धारण गर्छ ?
यो एउटा विशेष अङ्ग हो । यो अङ्ग मानव शरीरको एउटा अङ्ग मात्र नभै यसको सांकेतिक महत्व बढी छ । सन्तान उत्पादन गर्ने अङ्ग भएकाले पनि यस्तो भएको हुन सक्छ । कतिपय व्यक्तिले यसको आकार वा लम्बाईलाई पुरुषको ‘व्यक्तित्व’ वा भनौं उसको ‘पौरुषत्व’ सँग जोडिएको मान्छन् । त्यसैले कतिपय व्यक्तिमा आफ्नो लिंगप्रति निकै चासो र चिन्ता हुन्छ । लिंगको नाप र आकार किशोरावस्थाका बेला आन्तरिक रस (हर्मोन) हरूका कारणले हुने विकासमा भर पर्छ । लिंगको नाप वा आकार शरीरको नाप वा आकारसँग असम्बद्ध हुन्छ, त्यसैले शरीरको आकार वा मांसपेशीको नापले पनि लिंगको आकारलाई प्रतिविम्बित गर्दैन । व्यक्ति कम उचाइ र पातलो हँुदैमा लिंग सानो हुने वा बढी उचाई तथा सुगठित मांसपेशीयुक्त शरीर हुँदैमा ठूलो हुने होइन ।
Advertisement 3
के लिंग साथीको जस्तै हुनुपर्छ ?
पहिलो कुरा त आफ्नो लिंग साथीलाई किन देखाउनुपर्यो ? पक्कै पनि तपाईंको शरीर तथा अन्य अङ्ग साथीको भन्दा फरक छ भने लिंग पनि फरक हुन्छ, लिंग यस्तै वा यत्रै हुनुपर्छ भन्ने कुरा तर्कसंगत छैन । आफ्नो लिंगको नाप ठीकै भए पनि कतिपयले वास्तविकता बिर्सेर आफूले आशा गरेको लम्बाइ नै हुनुपर्छ भनेर मान्ने भएकाले पनि बढी समस्या परेको देखिन्छ ।
प्रेमिकालाई कसरी खुसी राख्ने ?
कुनै पनि व्यक्तिले यौन चरमसुख पाउने कुरा उसको शारीरिक पक्षका साथै मानसिक पक्षसंग अन्तरङ्ग सम्बन्ध राख्छ । यस अर्थमा अर्को व्यक्तिले यौन चरमसुख पाउने–नपाउने कुराको जिम्मा लिन वा ग्यारेन्टी गर्न सकिँदैन, सहयोग मात्र गर्न सकिने हो । अर्को कुरा, तपाईंले महिलाको सबैभन्दा बढी यौन संवेदनशील अङ्ग भगांकुर हो भनेर थाहा पाउनुभकै होला । प्रायस्जसो महिलाले यही अङ्गको घर्षणबाटै यौन सन्तुष्टि प्राप्त गर्छन् । महिला तल र पुरुष माथि भएर सामान्यतः गरिने यौनसम्पर्कमा लिंगले भगांकुरलाई घर्षण गर्दैन । लिंगको लम्बाइ वा मोटाइ बढाए पनि त्यसले भगांकुरको घर्षणमा खासै फाइदा पुग्ने होइन, बरु त्यसका लागि एकातिर तपार्इंको लिंगभन्दा औंला नै बढी सहयोगी हुन्छ भने अर्कातिर आसन परिवर्तन प्रभावकारीसिद्ध हुनसक्छ । अर्को कुरा, महिलाको योनिको बाहिरी (योनिद्वार निरको) भाग यौन संवेदनशील हुन्छ, न कि भित्री भाग ।
लिंग बढाउने उपाय
लिंग बढाउने उपायहरूलाई मोटामोटी रूपमा चार किसिममा विभाजित गर्न सकिन्छ १. कसरत तथा हातैले तन्काउने विधि दैनिक रूपमा पर्याप्त समय लिंग–दोहन ९दुहुने० गरी तन्काए लिंगको नाप बढ्ने दाबी गरिन्छ । २. तौल वा यन्त्रको सहायताले तन्काउने विधि कुनै वजनदार वस्तु लिंगमा झुन्डयाई वा भएका यन्त्रले लिंगको नाप बढाउनेजस्ता विधि प्रचलित छन् । कतिपयले यस्ता विधिले अनावश्यक रूपमा लिंगमा चोट पुग्ने कुरामा सजग हुनुपर्ने बताएका छन् । ३. पम्पको प्रयोग दबाब कम गर्ने पम्प प्रयोग गरी लिंगमा रक्त प्रवाह बढाउने यो विधिले अन्य समयमा भन्दा लिंगको उत्तेजना कडा र बढी हुने कुरा गरेको छ । यसको दीर्घकालीन प्रभावका बारेमा त प्रश्न छँदैछ, ठीकसँग प्रयोग गर्न नजाने लिंगमा चोट पुग्ने सम्भावना यसमा पनि हुन्छ । ४. शल्यक्रियाः यो विधिमा लिंगलाई अड्याउने तन्तु काट्ने, बोसो तन्तु भर्ने वा नचबात गर्ने वा अन्य वस्तु राख्ने (प्रत्यारोपण) जस्ता अनेक उपाय गरिन्छ । यस्तो शल्यक्रिया कुशल शल्य चिकित्सकवाट गराउनुपर्छ । यसका बाबजुद कतिपय स्थितिमा शल्यक्रिया गराउने व्यक्तिले आशाअनुरूप नतिजा नपाएको कुरा पनि आएको छ, जसले असन्तोषलाई थप्ने काम मात्र गर्छ ।
डा। राजेन्द्र भद्रा