कल्याणपुरमा साामाजिक सद्भाव कायम गर्ने प्रयास

जनकपुरधाम। सप्तरीको खडक नगरपालिका–७ कल्याणपुरमा सामाजिक सद्भाव कायम राख्ने उद्देश्यले आज सद्भाव ¥याली निकालिएको छ।

Advertisement 1

प्रतिनिधिसभा सदस्य सीताराम साहको नेतृत्वमा निकालिएको ¥यालीमा हिन्दू र मुस्लिम समुदायका अगुवा तथा बुद्धिजीवी र स्थानीयको सहभागिता थियो। ¥यालीमा सहभागीले ‘धार्मिक सहिष्णुता कायम गरौँ’, ‘सामाजिक एकता बलियो बनाऔँ’जस्ता सन्देशसहितका प्लेकार्ड प्रदर्शन गरेका थिए।

¥यालीका सहभागीले धार्मिक सहिष्णुता, आपसी भाइचारा र सामाजिक एकतालाई अझ सुदृढ बनाउनुपर्नेमा जोड दिएका थिए। पछिल्लो समय सुनसरी र सिरहालगायतका जिल्लामा देखिएका गतिविधिप्रति सचेत रहँदै समाजमा सद्भाव र शान्तिको सन्देश फैलाउने उद्देश्यले ¥याली आयोजना गरिएको आयोजकले जनाएको छ।

Advertisement 2

¥यालीपछि आयोजित कार्यक्रमा सांसद साहले विभिन्न धार्मिक समुदायबीचको एकता नै नेपाली समाजको एकताको बलियो आधार भएकाले सबैलाई संयम र सहकार्य गरी अघि बढन आह्वान गरे। उनले सामाजिक सद्भाव कायम राख्न नागरिक, समुदायका अगुवा र सरोकारवाला सबै पक्षको सक्रिय भूमिका आवश्यक रहेको बताए।

प्रकाशित :२०८३ श्रावण १५, शुक्रबार १४:३८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry