परराष्ट्र सचिव भारत जाँदै

काठमाडौं। बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक)का परराष्ट्रमन्त्रीहरुको रिट्रिटमा सहभागी हुन परराष्ट्र सचिव सेवा लम्साल भारत जाने भएकी छन्। बिहीबार हुने कार्यक्रममा सहभागी हुन उनी नेतृत्वको प्रतिनिधिमण्डल बुधबार भारत जान लागेको हो ।

Advertisement 1

सो अवसरमा बिम्स्टेकको प्रारुपभित्र रहेर सहमति भएअनुरुप क्षेत्रीय चासो, सहयोग एवं साझेदारीका विषयलाई अझ सुदृढ बनाउने सम्बन्धमा छलफल हुने परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

रिट्रिटमा सहभागी हुने बिम्स्टेक राष्ट्रका परराष्ट्रमन्त्री एवं प्रतिनिधिमण्डलका प्रमुखहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त रुपमा शिष्टाचार भेट गर्ने कार्यक्रम रहेको मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । परराष्ट्र सचिव लम्सालका साथ उक्त मन्त्रालयका वरिष्ठ अधिकारी सहभागी हुने छन् । सचिव लम्साल असार २९ गते शनिबार स्वदेश फर्कने कार्यक्रम छ ।

प्रकाशित :२०८१ असार २६, बुधबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry