टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्धको रिटमा आज सुनुवाइ
काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाई हुदैछ । यसअधि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाउ आदेश जारी गरेको थियो ।
Advertisement 1
पारिवारिक र सामाजिक सद्भाव वितोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दुरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पुर्णरुपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो । पछि विभिन्न राजनीतिक दलका नेताहरुले टिकटकमाथिको प्रतिबन्धले लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना समेत भएको थियो ।
सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठील सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए । सरकारको सो निर्णयले नागरिक संवैधानिक अधिकार हनन गरेको भन्दै अन्य १३ वटा रिट समेत परेका थिए ।