आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

सरकारी कार्यालयहरु खुल्ने र बन्द हुने नयाँ समयमा परिवर्तन भएको छ । यस अघि सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ५ बजे बन्द हुँदै आएकोमा बुधबारदेखि १ घण्टा अगावै सरकारी कार्यालय बन्द हुने भएका हुन ।आजबाट जाडोयामको कार्यालय समय लागु हुने भएकोले सरकारी कार्यालय खुल्ने समय एक घण्टा कम भएको हो ।

Advertisement 1

राजपत्रमा नै प्रकाशन भएको सूचना अनुसार १६ माघदेखि १५ कात्तिकसम्म बिहान १० बजे खुलेर अपराह्न ५ बजेपछि बन्द हुँदै आएकोमा बुधबारदेखि सरकारी कार्यालयहरु अपरान्ह ४ बजे बन्द हुने भएका हुन ।

Advertisement 2

यसैगरी, १६ कात्तिकदेखि तीन महिना अर्थात १५ माघसम्म बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म खुला रहनेछन् । हरेक शुक्रबार भने १० बजे कार्यालय खुलेर ३ बजे बन्द हुने राजपत्रमा जनाइएको छ ।

प्रकाशित :२०७९ कार्तिक १६, बुधबार १०:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry