सोनासती मन्दिरमा तान्त्रिक मेला

महोत्तरी। मधेसकै प्रसिद्ध देवी शक्तिपिठ मानिने महोत्तरीको औरही–७ भोइलस्थित सोनासती देवी मन्दिरमा तान्त्रिक मेलाको चहलपहल सुरु भएको छ।

Advertisement 1

बोलीचालीमा सोनामाई भनिने यो मन्दिरमा शारदीय नवरात्रमा तान्त्रिक मेलाको परम्परा छ। नवरात्रको पूmलपातीका दिनदेखि जम्ने यो मेला पञ्चमीकै दिन सुरु हुन्छ। यो तान्त्रिक मेलालाई आमरुपमा ‘भूतमेला’ भन्ने गरिन्छ।

“नवरात्रको पहिलो दिनदेखि नै बडादसैँ पर्वको पूजाआराधना सुरु हुन्छ, तर दुष्टात्माबाट सताइएका भक्तजन पञ्चमीदेखि देवीको पुकारा गर्न आउँछन्।”

Advertisement 2

मन्दिरका पुजारी केदार झा भन्छन्, “नवरात्रमा दुष्टात्माबाट सताइएका हरुको पुकार देवीले तत्काल निवारण गर्ने हाम्रो विश्वास छ।” मेलामा रुँदै कराउँदै मन्दिर परिसरमा कष्टबाट छुटकारा पाउन देवीको पुकारा गर्ने पुरानो परम्परा छ।

पञ्चमीदेखि नवमीसम्मको यो मेलामा मधेसका मात्र नभएर बागमती र कोशी प्रदेशका मकवानपुर, सिन्धुली र उदयपुरसम्मका भक्तजनको बाक्लो उपस्थिति हुँदै आएको छ। यहाँ छिमेकी मित्रराष्ट्र भारतको विहार राज्यका सीतामढी, मधुवनी, झञ्झारपुर, चम्पारन, शिवहर र मुजफ्फरपुर जिल्लासम्मका श्रद्धालु पुग्ने गरेका छन्। मेला दुःखीजनको कष्ट निवारणका लागि देवीको पुकारा गरिनेसँग सम्बन्धित छ। देवी सोनासतीको पुकाराले कष्ट निवारण भएपछि जीवनभरि दुष्टात्माले असर गर्न नसक्ने विश्वास छ।

Advertisement 3

नयाँ पुस्ताका युवायुवती भने भूत, पिसाच र बोक्साबोक्सीजस्ता मान्यता र रोगव्याधका कुरालाई कथित दुष्टात्मासँग जोड्नु भ्रममात्र भएको बताउँछन्।

नवरात्रमा देवी दुर्गाको महत्व उजागर गर्नु र मातृसत्ताप्रति श्रद्धाभाव जगाउनु उन्नत संस्कार हो।

प्रकाशित :२०८३ आश्विन २९, बिहीबार १६:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम