प्राविधिक र स्वास्थ्य सेवाका तीन सय बढी पदमा लोक सेवाले खुलायो आवेदन

लोक सेवा आयोगले राजपत्रांकित तृतीय श्रेणी प्राविधिक र स्वास्थ्य सेवाका आठौं तथा सातौं तहका पदमा आवेदन माग गरेको छ। आयोगले तीन सयभन्दा बढी पदमा दरखास्त आह्वान गरेको हो । आयोगले स्वास्थ्यका विभिन्न पदमा गरी ९६ जनाका लागि विज्ञापन खुला गरेको छ । विज्ञापन अनुसार,आयोगले आठौँ तहका लागि विभिन्न पदमा ४० र सातौँ तहमा ५६ जनाको पदपूर्तिका लागि आवेदन खुल्ला गरेको छ ।
Advertisement 1
Advertisement 2
जसमध्ये मेडिकल अधिकृत, नर्सिङ अधिकृत, कम्यूनिटी नर्सिङ अधिकृत, मेडिकल ल्याब टेक्नोलोजिष्ट, फार्मेसी अधिकृत, फिजियोथेरापिष्ट, वायोमेडिकल इञ्जिनियर, रेडियोग्राफी टेक्नोलोजिष्ट लगायतका पदमा आवेदन खुल्ला गरेको हो । सबैभन्दा धेरै मेडिकल अधिकृत खुल्लातर्फ २० जना माग गरिएको छ । महिलातर्फ ६, आदिवासी जनजाती ४, मधेसी १, पिछडिएको क्षेत्रका लागि १ मेडिकल अधिकृतको कोटा छ्ट्याइएको छ । यी पदहरूमा खुला तथा समावेशी प्रतियोगिताबाट लिखित परीक्षा हुनेछ। इच्छुकलाई आवेदन दिन आयोगले आह्वान गरेको छ। आयोगको सूचना अनुसार मंसिर १४ गतेभित्र आवेदन दिइसक्नुपर्ने पनि जनाइएको छ ।