दाङका १० पालिकाको बजेट १० अर्ब १६ करोड

दाङ। दाङका १० स्थानीय तहले आगामी आर्थिक बर्ष २०८३/०८४ का लागि बजेट सार्वजनिक गरेका छन्।
Advertisement 1
२ उपमहानगरपालिका, १ नगरपालिका र ७ गाउँपालिका गरी १० वटै स्थानीय तहले कूल रु १० अर्ब १६ करोड ६८ लाख ६१ हजार ४५४ को बजेट सार्वजनिक गरेका हुन्।
तुलसीपुर उपमहानगरपालिकाले रु २ अर्ब ४४ करोड ९५ लाख ९१ हजारको बजेट ल्याएको छ। यो यहाँका सबै स्थानीय निकायको भन्दा बढी छ।
Advertisement 2
घोराही उपमहानगरपालिकाले रु २ अर्ब ३७ करोड ९५ लाख २२ हजार को बजेट पेस गरेको छ।
लमही नगरपालिकाले रु ९८ करोड १३ लाख ३७ हजार ४५४ गढवा गाउँपालिकाले रु ८२ करोड ५४ हजार, राप्ती गाउँपालिकाले रु ७५ करोड ४ लाख ९६ हजार, बंगलाचुली गाउँपालिकाले ६२ करोड ८१ लाख ३३ हजार, राजपुर गाउँपालिकाले ६१ करोड एक लाख ९० हजार बजेट प्रस्तुत गरेका छन्।
Advertisement 3
त्यसैगरी, बबई गाउँपालिकाले रु ५६ करोड ४ लाख ४३ हजार, शान्तिनगर गाउँपालिकाले रु ५२ करोड २५ लाख ४७ हजार, दंगीशरण गाउँपालिकाले ४६ करोड ४५ लाख ४८ हजार बजेट सार्वजनिक गरेका छन्।
पालिकाहरूले विशेष गरी शिक्षा, स्वास्थ्य, कृषि आधुनिकीकरण, भौतिक पूर्वाधार र रोजगारी सिर्जनालाई बजेटमा प्राथमिकता दिइएको छ।
पालिकाहरूले सङ्घीय र प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण, सशर्त, समपूरक र विशेष अनुदानका साथै आन्तरिक राजस्वलाई बजेटको मुख्य स्रोतका रूपमा लिएका छन्।








