बढेन कर्मचारीको तलब, महंगी भत्ता थपियो

काठमाडौं। सरकारले सरकारी आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत सरकारी कर्मचारीको तलब बढाउने चर्चा भए पनि बजेटमार्फत महंगी भत्ता मात्रै बढाएको छ।

Advertisement 1

अर्थमन्त्री विष्णु पौडेलले बिहीबार संसद्मा आगामी आर्थिक वर्षको बजेट वक्तव्य पढ्दै कर्मचारीको महंगी भत्ता बढाउने घोषणा गरेका हुन्।

कर्मचारीलाई एकमुष्ट ५ हजार रुपैयाँ महंगी भत्ता उपलबध गराइने मन्त्री पौडेलको भनाइ थियो।

Advertisement 2

साथै संघीय निजामित सेवा ऐनमार्फत सबै राष्ट्र सेवक कर्मचारीको सेवाशर्तमा एकरुपता आउने र सेवा सुविधा वृद्धिविकास हुने मन्त्री पौडेलले बताए। संघीय निजामति सेवा विधेयक संसदको चालु अधिवेशनबाटै पारित गरिने मन्त्री पौडेलले बताए।

प्रकाशित :२०८२ जेष्ठ १६, बिहीबार १७:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry