२० हजार घुस लिने ‘कम्प्युटर’ अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना कम्प्युटर अधिकृतिविरुद्ध भ्रष्टाचार विशेष अदालतमा मुद्दा दायर गरेको छ। यातायात व्यवस्था कार्यालय एकान्तकुनाका कम्प्युटर अधिकृति बासुदेव रेग्मीविरुद्ध आयोगले बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

Advertisement 1

उनले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) नवीकरण गर्ने सेवाग्राहीबाट घुस लिने गरेको आरोप आयोगले लगाएको छ। ‘एक सेवाग्राहीको सवारी चालक अनुमतिपत्रमा वर्ग ‘बी’ थप गर्न दिएको प्रयोगात्मक परीक्षाको चेकलिस्टमा उनी पास भएको तर इलेक्ट्रिक ड्राइभिङ लाइसेन्स रजिष्ट्रेसन सिस्टमको परीक्षा स्टाटसमा फेल भएको देखिएको विवरण सच्याउन अधिकृति रेग्मीले २० हजार रुपैयाँ घुस लिएको पाइएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित :२०८१ श्रावण ३१, बिहीबार १४:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry