एनएमबी बैंक र इसिमोडबीच दिगो विकासका लागि सहकार्य

काठमाडौं। एनएमबी बैंक लिमिटेड र अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) बीच दिगो तथा जलवायु विकासलाई प्रवद्र्धन गर्ने उद्देश्यले समझदारीपत्रमा हस्ताक्षर भएको छ।
Advertisement 1
समझदारीअनुसार नेपालमा हरित तथा जलवायु वित्तीयकरणलाई प्रभावकारी बनाउँदै विज्ञानमा आधारित ज्ञान, अनुसन्धान र समाधानलाई वित्तीय अवसरसँग जोड्ने प्रयास गरिनेछ। यस सहकार्यले वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव न्यूनीकरण तथा स्थानीय समुदायको उत्थानशीलता अभिवृद्धि गर्ने परियोजनामा लगानीका अवसर पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सहकार्यअन्तर्गत इसिमोडको अनुसन्धान, प्राविधिक ज्ञान तथा क्षमता विकाससम्बन्धी अनुभवलाई एनएमबी बैंकको वित्तीय क्षेत्रको विशेषज्ञतासँग जोडिनेछ। यसबाट दिगो विकास, जलवायु अनुकूलन तथा वातावरणमैत्री परियोजनाका लागि आवश्यक वित्तीय पहुँच विस्तार गर्ने आधार तयार हुने बताइएको छ।
Advertisement 2
एनएमबी बैंकले दिगो तथा हरित बैंकिङलाई प्राथमिकता दिँदै वातावरणमैत्री र जिम्मेवार वित्तीय अभ्यासलाई अघि बढाउँदै आएको जनाएको छ। बैंक र इसिमोडबीचको यो साझेदारीले विज्ञान, वित्त र दिगो विकासबीचको सम्बन्धलाई थप बलियो बनाउँदै नेपालमा दीर्घकालीन तथा वातावरणमैत्री आर्थिक विकासमा योगदान पु¥याउने अपेक्षा गरिएको छ।








