अब निजामतिमा ११ सेवा समूह

काठमाडौं। निजामति सेवामा अब ११ वटा सेवा समूह रहेन भएका छन्। प्रस्तावित विधेयकमा संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिले सेवा समूहसँग सम्बन्धित दफा पास गरेसँगै सेवा समूह ११ रहने टुंगो लागेको हो।

Advertisement 1

सोअनुसार निजामती सेवामा अब नेपाल सूचना प्रविधि समूह पनि समावेश भएको छ। यसअघि प्रविधि सेवाबाहेक अन्य १० वटा सेवा समूह थिए। यसअघि निजामति सेवामा नेपाल प्रशासन सेवा, नेपाल लेखापरीक्षण सेवा, नेपाल वन सेवा, नेपाल विविध सेवा, नेपाल शिक्षा सेवा, नेपाल आर्थिक योजना तथा तथ्यांक सेवा समावेश थिए।

त्यस्तै नेपाल इन्जिनियरिङ सेवा, नेपाल कृषि सेवा, नेपाल न्याय सेवा र नेपाल परराष्ट्र सेवा पनि निजामती सेवाअन्तर्गत थिए। सेवा समूहसम्बन्धी व्यवस्था प्रस्ताविध विधेयकको दफा ५ मा गरिएको छ। समितिले दफावार छलफल गरिरहेको संघीय निजामति सेवा सम्बन्धी विधेयकका दफा १, ३ र ४ यसअघि नै पास भइसकेका छन्। विधेयकमा १४७ दफा छन्।

प्रकाशित :२०८१ माघ ३०, बुधबार १५:१७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry