सार्वजनिक सेवा प्रसारण संस्थाको अध्यक्षका लागि दरखास्त आह्वानको सूचना रद्द

काठमाडौं। सार्वजनिक सेवा प्रसारण संस्थामा रिक्त रहेको अध्यक्ष पदमा नियुक्तिका लागि आह्वान भएको सूचना रद्द गरिएको छ।

Advertisement 1

सूचना तथा सञ्चार मन्त्रालयले आज एक सूचना जारी गर्दै दरखास्त आह्वानको सूचना रद्द गरिएको जानकारी दिएको हो।

मन्त्रालयले जेठ ७ गते गोरखापत्रमा सूचना प्रकाशित गर्दै दरखास्त आह्वान गरेको थियो। मन्त्रालयले ‘विशेष कारणवश’ दरखास्त आह्वानको सूचना रद्द गरिएको जनाएको छ।

Advertisement 2

प्रकाशित :२०८३ जेष्ठ ८, शुक्रबार १०:५७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry