विवादित सचिवको फेरि सरुवा
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव लोकनाथ पौड्यालको सरुवा लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको छ ।
उनी बेला बेलामा बिवादमा मुछिरहेका छन् । कहिले मानवअधिकार र नागरिक समाजको टोलीलाई कार्यकक्षबाट गलहत्त्याएर बाहिर निकाल्न उक्साउने विषयमा त कहिले प्रदेश नम्बर तीनका सामाजिक विकास मन्त्री युवराज दुलालले उनको कार्यकक्षमा ताला लगाइदिएको विषयमा ।
Advertisement 1
सुर्खेतमा बादी समुदायले आवास, भूमि, शिक्षा, स्वास्थ्य तथा रोजगारीलगायत विभिन्न माग राखी धर्नामा बसेको विषयमा आयोगको नेपालगन्ज कार्यालय प्रमुख झंकरबहादुर रावलको नेतृत्वमा खटिई गएको अनुगमनको टोलीलाई कर्णाली प्रदेश मुख्य मन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सुर्खेतका प्रमुख सचिव चन्द्रमान श्रेष्ठले कार्यकक्षबाट गलहत्त्याएर बाहिर निकालेको घटनामा संलग्न रहेका भनिएका सामाजिक विकास मन्त्रालयका सचिव पौड्यालको लुम्बिनी प्रदेश प्रमुखको कार्यालयमा सरुवा गरिएको हो ।