सरकारी कर्मचारीको तलब मासिक २ हजार बढ्यो,मंहगी भत्ता यथावत
सरकारले राष्ट्रसेवक तलब मासिक २ हजारले बढाइएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८र७९ को बजेट प्रस्तुत गर्दै उक्त जानकारी दिएका हुन्।
Advertisement 1
शनिबार बजेट भाषणका क्रममा अर्थमन्त्री विष्णु पौडेलले राष्ट्रसेवक कर्मचारीको तलब साउन १ देखि लागु हुने गरी मासिक २ हजार रुपैयाँ बढाइएको घोषणा गरेका हुन् ।
सरकारले राष्ट्रसेवक कर्मचारीको मनोबल उच्च राख्न भन्दै सबै कर्मचारीहरुको तलब २ हजारका दरले बढाइएको अर्थमन्त्री बिष्णु पौडेलले जानकारी दिए । उनले कोरानाका कारण बढ्दो खर्चका कारण अपेक्षाकृत तलब बढाउने अवस्था नभएपनि राष्ट्रसेवकको मनोबल बढाउने साउन १ गतेदेखि लागू हुने गरी दुई हजार बढाइएको जनाएका छन् ।
Advertisement 2
यसअघि आर्थिक वर्ष २०७६र७७ को बजेटमार्फत अधिकृतमाथिको १८ र अधिकृतमुनिको २० प्रतिशतले तलब बढाइएको थियो । कर्मचारी नियमामवलीअनुसार पनि प्रत्येक दुई वर्षमा तलब बढाउने पर्ने व्यवस्था गरिएको छ । यो बर्ष कर्मचारीको तलब बढ्नु पर्ने थियो तर कोभिडका कारण कर्मचारीले सोचे अनुरुप तलब बढेन । सबै कर्मचारीको तलब २ हजारको दरबले बढाउँदा अब खरिदारको २८ हजार ६ सय, मुख्यसचिवको ६७ हजार १ सय ३६ पुगेको छ ।
यस्तै अर्थमन्त्री पौडेलले कर्मचारीको १० लाखको सामूहिक दुर्घटना विमा र एक लाखको स्वास्थ्य बिमाको प्रिमियम सरकारले व्यहोर्नेछ । निजामती कर्मचारीलाई सहुलियत दरमा आवास सेवा प्रदान गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट सातै प्रदेशमा सामूहिक आवास निमार्ण गर्ने समेत बताइएको छ ।
यस्तै,बजेटमा निजामती कर्मचारीले तिर्ने सामाजिक सुरक्षा करको ५० प्रतिशत निजामती अस्पतालको पूर्वाधारका लागि दिने र अस्पतालमा निजामती कर्मचारीका लागि शैया तोक्नुका साथै डेडिकेटेड सेवा सुरु गर्ने समेत बजेटमा उल्लेख छ ।
निजामती कर्मचारीको तलबमान र अरु सेवा सुविधाबारे सुझाव पेश गर्न ‘पे कमिसन’ गठन गर्ने समेत अर्थमन्त्रीले बताएका छन् ।
Advertisement 3