नागरिक लगानी कोषको कार्यकारी निर्देशकमा कार्की नियुक्त

सरकारले नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा पर्वतकुमार कार्कीलाई नियुक्त गरेको छ ।आज बसेको क्याविनेट बैठकले कोषको कार्यकारी निर्देशकमा कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।
Advertisement 1
यस्तै गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रको कार्यकारी निर्देशकमा डा रवि मल्ललाई नियुक्त गरेको छ । त्यस्तै सरकारले नरदेवी चिकित्सालय आयुर्वेद विकास समितिको अध्यक्षमा रमेशचन्द्र न्यौपानेलाई नियुक्त गरेको छ ।
यस्तै आजको क्याविनेटले सांस्कृतिक संस्थानको महाप्रबन्धकमा किरण बाबु पुनलाई नियुक्त गर्ने निर्णय गरेको छ । यसका अलवा क्याविनेटले राजनीतिक दलसम्बन्धी ऐन २०७३ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदसमक्ष पेश गर्न स्वीकृती दिएको सरकारको प्रवक्ता रेखा शर्माले जानकारी दिएकी छिन्।
Advertisement 2
यस्तै आजको क्याविनेटले ग्रिन हाईड्रजन नीति पास गरेको छ । प्रधानमन्त्री प्रचण्ड भोलि कम्बोडिया जाने भएसँगै उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्ने निर्णय भर्खरै सकिएको क्याविनेट बैठकले गरेको छ ।