सचिव बढुवाका लागि शर्मा,पाण्डे र खराल सिफारिस

रिक्त रहेको कृषि तथा वन सेवाको एक सचिव पदका बढुवाका लागि बरिष्ठ तीन सह सचिवको नाम सिफारिस भएको छ । गत साउन १८ गते कृषि सचिव डा योगेन्द्र कुमार कार्की उमेर हद लागेर घर फर्किएसँगै रिक्त हुन पुगेको कृषि र वन सेवाको एक सचिवका लागि सहसचिवत्रय गोविन्द शर्मा, डा निरु दाहाल पाण्डे र दीपक खरालको नाम सिफारिस गरेको हो । लोक सेवा आयोगका अध्यक्ष माधव प्रसाद रेग्मीको अध्यक्षतामा आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले उनीहरुको नाम सचिव बढुवाका लागि सिफारिस गरेको हो ।
सचिव बढुवाका लागि सिफारिस भएकामध्य डा गोविन्द प्रसाद शर्मो कृषि विभागमा महानिर्देशकको रुपमा कार्यरत छन् । यस्तै डा निरु दाहाल पाण्डे भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालय,१ नम्बर प्रदेशको सचिवको रुपमा कार्यरत छिन् । शर्मा र पाण्डे कृषि समुहका हुन भने वन समुहबाट सचिव बढुवाका लागि सिफारिस भएका डा दीपक खराल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय,सुदूरपश्चिम प्रदेश-धनगढी,कैलालीमा कार्यरत छन् ।
अब बस्ने मन्त्रिपरिषद्को बैठकले सिफारिस भएका यी तीन सहसचिवमध्येबाट एक जनालाई सचिवमा बढुवा गर्नेछ ।

प्रकाशित :२०७८ श्रावण २५, सोमबार ०९:५८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry