सरकारी कर्मचारीलाई तलब सहित १० दिन पर्यटन बिदा
Advertisement 1
सरकारले यसैवर्षदेखि सरकारी कर्मचारीलाई १० दिनको तलबसहित पर्यटन काज विदा दिने घोषणा गरेको छ । भ्रमण खर्चसहित १० दिन भ्रमण बिदा दिने घोषणा अर्थमन्त्री विष्ण प्रसाद पौडेलले गरेका छन् ।
आन्तरिक पर्यटन प्रबद्र्धन गर्नका लागि सरकारी कर्मचारीलाई १० दिनको पारिश्रमिक दिन लागिएको अर्थमन्त्री पौडेलले बताएका छन् । आन्तरिक पर्यटन बिस्तार गर्नका लागि निजामति सार्वजनिक संस्थान र प्रतिष्ठानका कर्मचारीलाई १० दिनको पारिश्रमिकसहित प्रोत्साहन गरिने भएको अर्थमन्त्रीले जानकारी दिए ।आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारी कर्मचारीलाई १० दिन तलबसहित पर्यटन बिदा दिने भएको छ ।
सरकारले एक महिना अवधिको पर्यटन भिसा निःशुल्क दिने भएको छ ।
Advertisement 2
निजी क्षेत्रका संघसंस्थालाई समेत यसमा प्रोत्साहन गर्ने नीति ल्याउने घोषणा सरकारले गरेको छ ।
प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १६:५४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%