१९ कर्मचारीसँग २३ करोडको गैरकानुनी सम्पत्ति (सूचीसहित)

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विभिन्न १९ जना सार्वजनिक पद धारण गरेका व्ग्यक्तिहरुसँग मात्र झण्डै  २३  करोड अवैद्य सम्पति भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

Advertisement 1

अख्तियारले गैर कानुनी सम्पत्ति आर्जन गर्नेहरु उपर अघिल्लो बर्ष मुद्धा चलाएकोमा कर्मचारीदेखि जनप्रतिनिधिसम्म गरी १९ जनासँग झण्डै २३  करोड अकुत सम्पत्ति भएको प्रतिवेदन सार्वजनिक गरेको छ ।

प्रतिवेदन अनुसार,अर्थ मन्त्रालयमा कार्यरत रहि हाल अवकाश पाएका शाखा अधिकृत उद्धवप्रसाद थपलियासँग १ करोड ६४ लाख ८९ हजार ७ सयको गैरकानुनी सम्पत्ति रहेको प्रतिवेदनमा उल्लेख छ ।

Advertisement 2


यस्तै सुदूरपश्चिम प्रदेश सरकारको वन निर्देशनालयमा कार्यरुत निमित्त वन निर्देशक हेमराज विष्टविरुद्ध अख्तियारले ६ करोड ८७ लाख ५७ हजार ८० रुपैंया बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

हाल निलम्बित सह न्यायधिवक्ता सुरेन्द्रबहादुर थापासँग ६१ लाख २ हजार ७६,नेपाल सरकारका पूर्व सचिव रामकुमार श्रेष्ठसँग ४ करोड ४५ लाख २७ हजार ६६६ रुपैंया बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको अख्तियारले जनाएको छ ।
हाल निलम्बनमा रहेका नासु देवीबहादुर थापासँग १ करोड ८७ लाख ४७ हजार १४९ रुपैंया बराबरको स्रोत नखुलेको सम्पत्ति रहेको सो प्रतिवेदनमा उल्लेख छ ।

Advertisement 3

यस्तै अख्तियारका अनुसार विथ ल्यावका मालिक (तत्कालीन बरिष्ठ व्यवस्थापन सहायक) भीमकान्त भण्डारीविरुद्ध ६ करोड २४ लाख ४ हजार ६ रुपैंया बराबरको स्रोत नखुलेको सम्पत्ति भेटिएको भन्दै विशेष अदलातमा मुद्धा दायर भएको छ ।

साथै नासु गणपति झाका विरुद्ध २ करोड ४४ लाख ७१ हजार १ सय ५ रुपैंया बराबरको सम्पत्तिको स्रोत नदेखिएको अख्तियारको प्रतिवेदनमा उल्लेख छ ।

अख्तियारले गैरकानुनी सम्पत्ति आर्जन भ्रष्टचार गरेका यी ७ मुद्धाका १९ जना प्रतिवादीहरुबाट मात्र झण्डै २३ करोड रकम असुल उपर गर्नुपर्ने माग राख्दै विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको छ ।

प्रकाशित :२०७९ कार्तिक १३, आईतवार १४:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry