१६ महिना बरण्डाको बास,चौथो पटक विभागको महानिर्देशक बनेका ढकालबाट के गर्ने आश ?
झण्डै १६ महिना बरण्डाको बास पछि औषधि व्यवस्था विभागको महानिर्देशकमा नारायण ढकाल नियुक्त भएका छन् । ढकाललाई स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले औषधि व्यवस्था विभागमा पठाएका हुन । त्यहाँका डिजी भरत भट्टराईलाई राष्ट्रिय प्रयोगशालामा पठाइएको छ। ढकाल झण्डै साढे दुई बर्षपछि पुन विभागमा फर्किएका हुन् ।
Advertisement 1
यस अघि स्वास्थ्यमन्त्री विरोध खतिवडाले २ औषधि व्यवस्था विभागका हाकिम नारायण ढकाललाई खुमलटारस्थित राष्ट्रिय प्रयोगशालामा पठाए भने त्यहाँबाट भरत भट्टराईलाई तानेर ल्याएका थिए ।नारायण ढकाल त्यहाँ बाहेक अन्यन्त्र बस्न चाहदैंन थिए । एउटा कर्मचारी पटक–पटक बसिरहन मरिहत्ते गर्नुको कारक हो दक्षिणतिरको हित हुने काम गरी करोडौं शुभलाभ प्राप्त हुनु । यो ढकालको चोंथो कार्यकाल हो ।
यसअघि ओली सरकार हुँदा कोरोनाको औषधिलगायत सामग्रीमा अनुमति दिन नमानेका एवं बालुवाटारसँग निकटले चलाएको आयुर्वेद हस्पिटलको अनुगमन गरेबापत उनी बबरमहलबाट धपाइँदा स्वास्थ्यमन्त्री थिए भानुभक्त ढकाल । मन्त्रीको खटनपटनविरुद्ध अदालत गए र निर्णय उल्टाए । अनि औषधि व्यवस्था विभागबाहेक अन्यत्र जाँदै नजाने अड्डी कस्दै लामो समय मन्त्रालयमै बसे । तत्कालीन स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले पुनः विभागकै जिम्मेवारी दिएर पठाए चार महिनाअघि । भानुभक्त ढकालले २९ असोज २०७७ मा ढकाललाई हटाएर भट्टराईलाई महानिर्देशक नियुक्त गरेकामा नेपाली कांग्रेस नेतृत्वको गठबन्धन सरकार बनेको दुई महिना नपुग्दै तेस्रो पटक विभाग पुगेका हुन् ।
Advertisement 2
०७३ भदौ ३१ देखि उनी त्यहीं थिए । उपेन्द्र यादवले पनि १५ असार २०७६ मा उनलाई महानिर्देशकबाट हटाएर पानबहादुर क्षेत्रीलाई निमित्त महानिर्देशक बनाएका थिए । तेस्रो पटक विभागको महानिर्देशक बनेका ढकालबारे भारतीय औषधिको पक्षमा काम गर्ने व्यक्तिको रूपमा समेत बजारमा चर्चा गरिन्छ ।
स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतले स्वास्थ्यका ९ कर्मचारीलाई तितर वितर पारेका हुन । मन्त्रालय स्रोतका अनुसार सहसचिव तहका डाक्टर राधिका थपलियाले जिम्मेवारी पाएकी छैनन् ।