बिष्णुप्रसाद न्यौपानेको गजल

मन उराठ भएको बेला सायद तिम्रो याद आउँछ
एकान्तमै रमेको बेला सायद तिम्रो याद आउँछ

Advertisement 1

म रमाएँ सपनिमा र बिपनिमा
झझल्को लागेको बेला सायद तिम्रो याद आउँछ

कुहु कुहु गाउँछ वनमा पनि कोयलीले
गुनगुनाएको बेला सायद तिम्रो याद आउँछ

Advertisement 2

बादलुले छेक्छ चाँदनिलाई घरीघरी
आकास हेरी टोलाएको बेला सायद तिम्रो याद आउँछ

कहिले बादल कहिले झरी नियम रैछ प्रक्रितिको
परेला भिजेको बेला सायद तिम्रो याद आउँछ

Advertisement 3

कोहि भन्छन् फुल रै’छ कोहि भन्छन् काँडा जिन्दगि
मनमा चस्स बिझेको बेला सायद तिम्रो याद आउँछ

दियो बाल्यौ होला तिम्ले र त यता उज्यालो भो
मन जलेको बेला सायद तिम्रो याद आउँछ।।

– उत्तरगया ४ रसुवा

प्रकाशित :२०७८ जेष्ठ १५, शनिबार १४:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry