कथा: बागमतीको किनारमा उम्रिएको सपना

बिहानको सहर चुपचाप थियो—निरवताको त्यो क्षण, जहाँ समय स्वयंले पनि सास फेर्न थाल्दैजस्तो लाग्थ्यो। त्यो मौनता आवाजको अनुपस्थिति थिएन, त्यो मौनता आत्माको अन्तरदृष्टि थियो, जहाँ हरेक ईँटामा, हरेक सडकको धारमा जीवनका अनकहा अनुभूतिहरू कुँदिएका थिए। बागमती नदी बगिरहेकी थिई—शान्त, गम्भीर र गहिरो, कुनै पुरातन ऋषिजस्तै, जसले सयौँ वर्षदेखि सहरका परिवर्तनहरू देखिरहेकी होस्। उसका छालहरू कुनै मन्त्रमुग्ध साधुको जपजस्तो थिए, जसमा न स्थायीत्व थियो, न त पूर्ण विराम—तर निरन्तरता थियो, जस्तो जीवन आफैं।
Advertisement 1
बिहानको घाम उसको छालहरूमा खेलिरहेको थियो, तर त्यो खेल प्रकाशको थिएन। त्यो खेल थियो सम्भावनाको, नवचेतनाको—सूर्यको किरण जब पानीसँग मिल्थ्यो, तब त्यो मिलन ज्ञान र भावनाको संवादझैँ प्रतीत हुन्थ्यो। हरेक छालसँग जब किरण टल्किन्थ्यो, त्यो टल्क एक युवाको आँखामा झल्किएको आशाजस्तै लाग्थ्यो—भविष्यप्रतिको निश्चल विश्वास, जुन आँखा आँखा जस्तै भएर पनि शब्दविहीन हुन्थ्यो।
बनेश्वर टोलमा चराहरू चिरबिराउँदै थिए, तर त्यो चिरबिराहट कुनै सामान्य ध्वनि थिएन, त्यो थियो सृष्टिको प्राचीन संगीतमध्ये एउटा लय, जुन हरेक बिहान पुनर्जन्म लिन्छ। फूलहरूले नयाँ बिहान नुहाएझैँ देखिन्थ्यो, तर त्यो ताजगी बाह्य सुन्दरताको परिभाषा थिएन। त्यो ताजगी थियो—एकप्रकारको पुनरुत्थान, जहाँ प्रत्येक पातले आफैँलाई फेरि पहिचान गरिरहेको हुन्छ। यो दृश्य एक बिहानको वर्णन थिएन, यो त थियो चेतनाको नयाँ आरम्भ, जसमा जीवन, मृत्यु र पुनर्जन्म तीनै तहहरू मौन रूपमा मिसिएको हुन्थ्यो।
Advertisement 2
सडकहरू विस्तारै जीवित भइरहेका थिए—कसरी एक निदाएको सहर विस्तारै आँखा खोल्छ, र फेरि यथार्थतर्फ फर्कन्छ। तर त्यसमा पनि आत्मा अझै निद्रामा थियो—जसरी कतिपय मानिसहरू बाह्य रूपमा ब्युँझिए पनि भित्रभित्रै अझै सपना देखिरहेकै हुन्छन्। हावामा चिसोपन थियो, जसले एक गहिरो शून्यता ल्याउँथ्यो, तर त्यही शून्यताको गर्भमा ऊर्जा पलाइरहेको थियो—एक अनाम उत्साह, जुन कुनै खास स्वरूपमा व्यक्त नहुँदा पनि, अनुभूति भएर मनभित्र तरङ्ग ल्याउँथ्यो।
त्यो बिहान, सहरको जागरण थिएन। त्यो आत्माको सुक्ष्म हिलोमा परेको बीउको अंकुरण थियो—जहाँ बागमती नदी समयको साक्षी बनेर बगिरहेकी थिई, र जीवन पुनः नयाँ आकारमा फूट्न लागेको थियो।
Advertisement 3
त्यही बिहान, बागमतीको किनारबाट पर आकाशमा एउटा प्लेन बादल चिर्दै गर्जिएको सुनिन्थ्यो। त्यो आवाज ध्वनि थिएन, त्यो एक सम्भावनाको घोषणाजस्तो लाग्थ्यो—जसरी कसैले चिच्याएर भन्छ, “तिमी पनि पुग्न सक्छौ।” कोटेश्वरको एउटा सानो कोठामा शिवराज बसिरहेको थियो। झ्याल खुल्ला थियो, जसबाट बागमती मुस्कुराइरहेकी थिई, जस्तै उसले नै उसको संघर्षको कथा बुझेकी होस्। तर कोठाभित्र, शिवराजको अनुहारमा एक किसिमको गम्भीरता थियो—हल्का चिन्ता, तर आँखामा टल्किएको सपना। टेबलभरि किताबहरू, नोटबुक, डायरी र छरिएका पानाहरू थिए। ऊ पढिरहेको थियो, चुपचाप, ध्यानमग्न। पंखा बिस्तारै घुमिरहेको थियो—समयको गतिको प्रतिनिधि झैँ। त्यहीबेला शिवराजले एउटा पाना पल्टायो, जहाँ लेखिएको थियो—ूसपना सुतेर हेर्ने होइन, त्यसलाई ब्यूँझिएर खोज्नुपर्छ।ू त्यो वाक्यले उसलाई कतैभित्रसम्म छुन गयो। ऊ थाकेको थियो—हिजो मात्रै आठ घण्टासम्म लगातार पढेको थियो। तर आज बिहान, ऊ फेरि आफैंलाई सम्झाउँदै भन्छ, “आज फेरि सुरु गर्छु, एकपटक फेरि।”
शिवराजको यात्रा धेरै पहिले, २०७० सालको एक गर्मी दिनमा सुरु भएको थियो। त्यो दिन उसले पहिलोपटक लोकसेवा आयोगको फारम भरेको थियो। हात काँपेका थिए, तर मन दृढ थियो। बागमती किनारमा हिँड्दै उसले भनेको थियो, “अब मेरो जीवन यहींबाट सुरु हुन्छ।” गाउँबाट आएका शिवराजका लागि शहर अपरिचित थियो—सहरको भीड, आवाज, तीव्रता सबै उसलाई थकित बनाउँथे। यद्यपि, साँझपख जब ऊ झ्याल खोलेर बागमती हेर्थ्यो, ऊ आफैँसँग गफिन्थ्यो, “मात्र पर्ख, म एकदिन देखिनेछु।”
उसको दिनचर्या अत्यन्त सादा थियो। बिहान ५ बजे उठ्थ्यो, चिया बनाउँथ्यो, र पढ्न थाल्थ्यो। दिनभरि किताब, डायरी, नोटहरू। रातको १० बजे निद्रा। उज्यालो समयलाई उसले पूर्णतया पढाइमा समर्पण गर्थ्यो। शरीर थाक्थ्यो, कहिलेकाहीँ मन रोयो पनि, तर आत्मा भने अझै अगाडि बढ्न आतुर रहन्थ्यो। समय पर्खदैन, बगिरहन्छ—जसरी बागमती बगिरहन्छ। त्यसैले ऊ पनि आफैँलाई रोकेन। उसले बुझेको थियो—बगिरहनेहरू कहिल्यै हराउँदैनन्।
परीक्षाको कुरा गर्दा, असफलता उसका लागि अपरिचित थिएनन्। पहिलोपटक—असफल। दोस्रोपटक पनि—असफल। चौथोपटक पनि परिणाम उस्तै। उसको वरपरका मान्छेहरू गुनासो गर्थे—ूछाड न यार, कति पढ्छस्रुू आमाको फोन आउँथ्यो, “बाबु, कहिले जागिर लाग्लारु” तर यी प्रश्नहरूको उत्तर उसले शब्दमा कहिल्यै दिइन। ऊ चुप रहन्थ्यो, तर मनभित्र एउटा स्वर गर्जन्थ्यो—”म थाक्दिन। अझै पढ्छु।”
त्यो मनको आवाजलाई सशक्त बनाउने एउटा रात आयो। जब ऊ अनामनगरको किताब पसल गयो र उपसचिव प्रकाश घिमिरेको अन्तर्वार्ता पढ्यो। त्यहाँ लेखिएको थियो—“२०६७ मा सुरु गरेको यात्रा आज उपसचिव बनेर सकियो।” त्यो एक लाइनले उसको भित्रको आगो सल्कायो। ऊ घर फर्कियो र पढ्ने शैली बदल्यो। अब ऊ पढ्ने मात्र होइन, बुझ्ने र लेख्नेमा केन्द्रित भयो। आफैँ बुझ्ने, आफैँ उत्तर तयार पार्ने। पुस्तकहरू छानेर पढ्न थाल्यो—र जुन प्रश्नले भित्रसम्म असर गराउँथ्यो, उसले त्यसलाई पढेन, आत्मसात् गथ्र्यो।
लेखनमा उसले विशेष ध्यान दिन थाल्यो। साना, तर गहिरा वाक्यहरू। अक्षर सामान्य भए पनि भाव र विचार प्रखर। उसले बुझ्यो—लेखनमा सौन्दर्यभन्दा बढी आवश्यक कुरा स्पष्टता हो। डायरीमा उसले लेखेको थियो—“बुँदागत लेखन सानो देखिए पनि, यसको प्रभाव ठूलो हुन्छ।” र यिनै अभ्यासहरू, विचारहरू, उसलाई परिक्षामा सशक्त बनाउँदै लगे।
त्यो वर्ष आयो—२०८१ साल। चैतको सहर तातिएको थियो। बनेश्वरको चोकमा हरेक दिन जस्तै भीड थियो। तर एक बिहान, शिवराजको मोबाइल बज्यो। त्यो घण्टी फोनको थिएन, त्यो उसको जीवनको मोड थियो। उपसचिव पदमा सिफारिस भएको खबर आयो। त्यस क्षण ऊ झ्यालमा उभियो, बागमती अझै त्यही पुरानै शान्त लयमा बगिरहेकी थिई। तर आज, उसले उसैलाई सम्बोधन गर्दै भने—“हेर बागमती१ म सफल भएँ।”
अब शिवराज सरकारी वकिल भइसकेका थिए। तर उनी अझैभित्रै पढिरहेका थिए—सपना अझै बाँचिरहेका थिए। कसैलाई भेट्दा उनी भन्दथे—“नछोड है१ मेहनत गर। बागमतीजस्तै बहिरह।” अनि उनी मुस्कुराउँथे, र झ्यालबाट टाढा देखिने आकाशमा एउटा प्लेन हेर्थे—त्यही प्लेन, जुन कहिल्यै पनि नछुनेजस्तो लाग्थ्यो, आज त्यो उनीकै सपना बनेर उडिरहेको थियो।
फाइलहरू बीचमा पनि कहिलेकाहीँ उनी झ्यालतिर टोलाउँथे, बागमतीको लहर हेर्थे—जसरी कुनै संकेत खोजिरहेका हों। एकदिन, उनले आफ्नो डायरीमा लेखे, “के सफलतापछि सबै प्रश्नको उत्तर पाइन्छ तरु”
त्यही रात, उनले टेबलको दराज खोल्दै एउटा पुरानो कागज निकालेर हेरे—त्यसमा एउटै लाइन थियो, जुन उनले वर्षौं पहिले लेखेका थिएस् “जब वसन्त फर्कन्छ, तब सबै कुरा नयाँ हुन्छ—तर के सबै सत्यहरू फर्कन्छन्रु” उनले त्यो पाना बगमतीतिर हेराउँदै च्याते र खोलबाट बाहिर फ्यालिदिए। पाना नदीमा बग्दै गयो, तर एकछिनपछि त्यो पाना बगमतीको छालले फर्काएर फेरि किनारमा ल्याइदियो—जसरी नदीले भन्न खोजेझैँ, “तिमीलाई अझै बाँकी छ‘”
त्यसपछि उनी चुपचाप मुस्कुराए, झ्याल बन्द गरे र बत्तीसँगै आफ्नो डायरी पनि बन्द गरे। तर त्यो रात, उनका झ्यालमुनि कोही अपरिचितको पाइला सुनेका थिए—बिस्तारै टाढिँदै गएका, तर कहिल्यै नहराइने पाइला‘