नेपाल केन्द्रको आयोजनामा र आर्टसफरपिपलको सहयोगार्थ करीव डेढसय कृति प्रर्दशनीमा राखियो

नेपाल केन्द्रको आयोजनामा र आर्टसफरपिपलको सहयोगार्थ एक दर्जन नेपाली तथा विदेशी कलाकार चित्रकारहरुका करीव डेढसय कृति प्रर्दशनीमा राखिएको छ ।

Advertisement 1

राष्ट्रिय सभाका अध्यक्ष सम्माननिय गणेश प्रसाद तिमिल्सिनाको प्रमुख आतिथ्यमा आयोजना गरिएको क्रसिगं कन्टिनेन्ट आर्ट एक्जिविसनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष तिमिलसिनाले नेपालमा यसखाले विदेशी तथा स्वदेशी कलाकारहरुका कृतिहरुलाई एकै स्थामा प्रदर्शनीमा राखिनु देशका लागि सम्मानको कुरा भएको बताएका थिए । सरकारले गर्ने कामहरु यसरी स्वस्फूर्तरुपमा कला सम्बद्ध संस्थाले गरेकोमा बधाइ तथा शुभकामना दिदै नेपाली कलाकारहरुले आफ्नो देशको मौलिकता संस्कृतिलाई चित्रमार्फत उजागर गर्दै कलाबिषय प्रदर्शनीहरु अझ तिब्र र व्यापकरुपमा गर्नुपर्ने बताए ।

 

Advertisement 2

 

Advertisement 3

नेपालस्थित पोर्चुगलका कन्सुलर तथा प्रशिद्ध उद्यमी राजेन्द्र खेतानले यस कला प्रदर्शनीले नेपाल र विदेशी भावनालाई एउटै ठाउमा ल्याएर दर्शकहरुलाई नयाँ स्वाद दिएको बताए । खेतानको आसय थियो, कलाकारका सृजनामाथि प्रतिलिपी अधिकारलाई नेपालले गम्भिरता नलिएका कारण कतिपयरुपमा सर्जकले पछाडि पर्नु परेको बताए । प्रदर्शनीमा राखएिका एक दर्र्जन कलाकारका कृतिले एकआपसमा मैत्रीभाव बढाउने कुरा बताए ।

बला प्रदर्शनीका बिशेष अतिथि नेपाल जर्मन च्याम्बर अफ कमर्शका अध्यक्ष सन्तोष कुँवरले कलाकारका कृतिलाई सरकारको उदासिनताका कारण धेरै अर्थमा पछाडि परेको बताउँदै आगामी दिनमा समाजका सचेत नागरिकहरुले कलालाई आत्मसाथ गदै अघि बढाउने दायित्व रहेको बताए ।

प्रकाशित :२०८० श्रावण २५, बिहीबार १६:३५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry