‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि शेरचनलाई दिइने

काठमाडौं। ‘ईश्वरमान स्मृति सिर्जनशील पुरस्कार’ कवि तथा गीतकार उषा शेरचनलाई प्रदान गरिने भएको छ।
Advertisement 1
आर्थिक सञ्जाल मिडिया प्रालिद्वारा सञ्चालित ‘आर्थिक सञ्जाल डटकम’ अनलाइन पत्रिकाले आफ्नो सातौँ वार्षिकोत्सवका अवसरमा सो पुरस्कार प्रदान गर्ने निर्णय गरेको हो।
कविता, उपन्यास, गीत र मुक्तक विधामा तीन दशकदेखि कलम चलाउँदै आएकी कवि शेरचनका ‘नजन्मेका आस्थाहरु’ तथा ‘सर्वकालीन पीडा र जागृतिको शङ्खघोष’ (कविता सङ्ग्रह), ‘अक्षरहरूका शिविरबाट’ (मुक्तक सङ्ग्रह) ‘तेस्रो रङ्ग’ (कथा सङ्ग्रह) ‘आधि’ (उपन्यास) का साथै गीति क्यासेटहरू ‘अभिप्सा’, ‘सञ्चयन’ र ‘मेरो माटो ः मेरो गीत’ प्रकाशित छन्।
Advertisement 2
नेवारी भाषाका साहित्यकार तथा पत्रकार ईश्वरमान रञ्जितको स्मृतिमा स्थापित पुरस्कारको राशि रु ११ हजार १११ रहेको चयन समितिका संयोजक कुमार रञ्जितले जानकारी दिए।














