पेमनारायण कँडेल सचिवमा बढूवा,कृषि तथा पशुपक्षीं मन्त्रालयमा पदस्थापन


सरकारले एक जना सहसचिवलाई सचिवमा बढुवा गरेको छ । बिहीबार साँझ वालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले सहसचिव पेमनारायण कँडेललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो ।

Advertisement 1


सचिव बढुवा सिफारिस समितिले रिक्त एक सचिवका लागि तीन जना सहसचिवको नाम सिफारिस गरेको थियो । लोक सेवा आयोगका अध्यक्ष उमेश मैनालीको अध्यक्षतामा गत आइतबार बसेको बढुवा सिफारिस समितिको बैठकले सचिवत्रय डा कृष्ण प्रसाद आचार्य, पेमनारायण कँडेल र निरु दाहाल पाण्डेको नाम कृषि तथा वन सेवा तर्फ रिक्त एक सचिव पदका लागि सिफारिस गरेकोमा क्याविनेटले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक का रुपमा कार्यरत कँडेललाई बढूवा गर्ने निर्णय गरेको हो ।उनको कृषि तथा पशुपन्क्षी विकास मन्त्रालयको सचिवमा पदस्थापन गर्ने निर्णय समेत भएको एक मन्त्रीले कर्मचारीलाई जानकारी दिए ।

प्रकाशित :२०७७ मंसिर १९, शुक्रबार ०६:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry