शिक्षकहरुको पोशाक परिवर्तन (परिपत्रसहित)
Advertisement 1
सरकारले शिक्षक तथा कर्मचारीहरुको पोशाक परिवर्तन गरेको छ । शिक्षा मन्त्रालय मातहतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले एक सूचना जारी गर्दै यही शैक्षिकसत्रबाट सामुदायिक विद्यालयका शिक्षकको पोशाक ड्रेस कोड परिवर्तन गरिएको जनाएको छ ।
विभागका गणेशप्रसाद पौडेलद्धारा शुक्रवार जारी सूचना अनुसार,शिक्षक महासंघले शिक्षक तथा कर्मचारीहरुको ड्रेस कोर्ड परिवर्तन गर्नका लागि अनुरोध भईआए बमोजिम शिक्षक र कर्मचारीहरुको पोशाक परिवर्तन गरिएको जनाइएको छ । सूचना अनुसार साडी, ब्लाउज, कुर्ता सुरुवालमा परिवर्तन नगरिएको तर अन्य पोशाकको रङ भने परिवर्तन गरिएको जनाइएको छ । अब शिक्षकको सुट अर्थात् कोट प्याण्टको रङ गाढा खैरो, सर्ट हल्का निलो, ज्याकेट गाढा खैरो, स्वेटर कलेजी र जुत्ता कालो हुने छ । यो पोशाक महिला पुरुष दुबैका लागि रहेको र ज्याकेट र स्वेटर मौसम अनुसार हुने निर्णय भएको केन्द्रले जनाएको छ ।
केन्द्रले उक्त निर्णयको परिपत्र जिल्ला स्थित सबै इकाइ र पालिकालाई पठाएको छ ।