स्थानीय तहमा समायोजन भएका १७ कर्मचारी मन्त्रालयमै फिर्ता
स्थानीय तहमा समायोजन मिलान भएका १७ जना कर्मचारीलाई मन्त्रालयमा फिर्ता पठाइएको छ । दरबन्दी भन्दा बढी रहेका १७ जना कर्मचारीलाई पालिकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै फिर्ता पठाइदिएको हो । नगरपालिकाले दरबन्दीभन्दा बढी भएका कर्मचारीलाई तलब भत्ता उपलव्ध गराउन नसक्ने भन्दै ती कर्मचारीहरुलाई मन्त्रालयलाई फिर्ता पठाएको जनाकारी दिएको छ।
Advertisement 1
फिर्ता पठाउने निर्णय र फिर्ता पठाइएका कर्मचारीको नामसहित नगरपालिकाले मन्त्रालयमा पत्र पठाएको छ।
यस अघि मन्त्रालयले विभिन्न मितिको निर्णय अनुसार समायोजन,संशोधन,काज,कामकाज,समायोजन मिलान गरी तोकिएका दरबन्दी भन्दा बढी रहेका कर्मचारीहरुको विवरण माग गरेकोमा कोहलपुर नगरपालिकाले दरबन्दीभन्दा बढी रहेका १७ कर्मचारीहरु मन्त्रालयमै फिर्ता पठाएको जनाएको छ ।
प्रकाशित :२०७९ श्रावण २५, बुधबार १४:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%