प्रदेश लोक सेवा आयोगले माग्यो ९ सय बढी स्वास्थ्यकर्मी

प्रदेश लोकसेवा आयोगले ठूलो संख्यामा कर्मचारी माग गरेको छ । गण्डकी प्रदेश लोक सेवा आयोगले आज एक सूचना प्रकाशन गर्दै खुला र समावेशीतर्फ मेडिकल अधिकृतलगायत विभिन्न पदमा दरखास्त खुलाएको हो । आयोगका सूचना अनुसार, मेडिकल अधिकृत,वैद्य,ल्याब असिस्टेन्ट,अनमी,अहेव लगायतका पदमा गरी ९०३ जनाका लागि विज्ञापन खोलेको हो ।

Advertisement 1

loksewa.jpegloksewa1.jpeg

आयोगले १७२ जना अहेव खुलातर्फ माग गरिएको छ। अनमी खुलामा १३० जना माग गरेको छ भने,मेडिकल अधिकृतमा खुला र महिला गरी १३ जना माग गरिएको छ। कृषि भेटेरेनरीमा पनि ५२ जनाभन्दा धेरै माग भएको छ। यो स्थानीय सेवा अन्तर्गत आठौं तह, मेडिकल अधिकृत, र विभिन्न सेवा समुहका चौथो तह प्राविधिक तर्फ माग गरेको हो ।

Advertisement 2

 

प्रकाशित :२०७८ भाद्र ३०, बुधबार ११:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry