सहसचिव भट्टराई मन्त्रीको ‘एसम्यान’ :- सचिव विदेश गएको मौका छोपी तीन उपसचिवको सरुवा

संघीय मामिला तथा सामान्य प्रशासनका सहसचिव कमल भट्टराई फेरि अर्काे विवादमा मुछिएका छन् । सचिवले हस्ताक्षर गर्न नमानेको सरुवाको सूचीमा निमित्त सचिवको हैसियतले हस्ताक्षर गरेसँगै भट्टराई विवादमा तानिएका हुन ।

Advertisement 1

यस अघिका सचिव कृष्णहरि पुष्करका विशेष निगाहमा सहसचिव कमल भट्टराईलाई अर्थबाट सामान्य प्रशासनमा मात्र लगिएको थिएन कि कर्मचारीको भाषामा सामान्य प्रशासनको भन्सार मानिने कर्मचारी प्रशासनको हर्ताकर्ता र प्रवक्तासमेतको जिम्मेवारी पाएका थिए । तत्कालीन सचिव कृष्णहरि पुष्करले सहसचिव कमल भट्टराईलाई अर्थबाट सामान्य प्रशासनमा लगेर त्यहाँको कर्मचारी प्रशासनको हर्ताकर्ता र प्रवक्तासमेतको जिम्मेवारी पाएका उनले कप्रमा रहँदा सरुवामा गडबडी भएको गुनासो छरपष्ट भएसँगै तत्कालीन मन्त्री मोदीले कर्मचारी महाशाखाको प्रमुखको जिम्मेवारीबाट हटाएका थिए ।

मन्त्रालयले ४४ जना सहसचिवहरुको सरुवा गर्दा सहसचिव भट्टराईलाई पर्यटन मन्त्रालयमा खटायो तर उनलाई पर्यटन मन्त्रालयमा दरबन्दी रिक्त नभएको भन्दै हाजिर गराइएको थिएन । पर्यटनमा हाजिर नभएका भट्टराईलाई मन्त्रालयकै नीति योजना तथा विकास समन्वय महाशाखामा पठाइएको थियो । अहिले पनि भट्टराई मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा छन् ।
उनी मन्त्रालयको सिनियर सहसचिव हुन । निजामतीमा करिअर बोकेका सहसचिव भट्टराईले मन्त्री अनितादेवीसँग मिलेर दशैंको मुखमा बदमासी गरेका हुन । सचिव विनोद प्रकाश सिंहले सरुवा गर्न नमानेका तीन जना प्रमुख प्रशासकीय अधिकृतको सरुवा गरेको छ,मन्त्रालयले ।

Advertisement 2

भनिन्छ स्वार्थी कर्मचारीमात्र मन्त्रीका एस म्यान हुन्छन् । मन्त्रीकै एसम्यान बन्दा बालकृष्ण खाँणका दाहिने हात मानिएका सचिव टेकनारायण पाण्डे अहिले पूर्व मन्त्रीसँगै प्रहरीको चिसो खोरमा पुगेका छन् । यस्ता ज्वलन्त उदाहरण आँखै अगाडि देख्दा समेत प्रशासकहरुको अझैं चेत खुलेको छैन । सचिव विनोद सिंहले दशैंको मुखमा कर्मचारी सरुवा नगरौं भनेर रोकेका प्रमुख प्रशासकीय अधिकृतको सरुवाको निमित्तको हैसियतले हस्ताक्षर धस्काएका हुन ।

उसो त कमल यस अघि भन्सारको महानिर्देशक हुँदा गरेको बदमासीहरु अहिले छरपष्ट हुन थालेका छन् । सचिव कृष्णहरि पुष्करका प्रतापले भन्सारबाट संघीय मामिला तथा सामान्य प्रशासनको कर्मचारी फाँट हेर्ने गरी हर्ताकता बनाएर लगिएका तत्कालीन महानिर्देशक कमल भट्टराईले त्यहाँका हाकिम हुँदा भन्सार कार्यालयहरुमा दरबन्दी नै नभएपनि ५० जना कर्मचारीहरुलाई जबर्जस्ती फाजिलमा पठाएका थिए ।

प्रकाशित :२०८० कार्तिक २, बिहीबार ०७:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry