भागबन्डा मिलाउन मन्त्रालयको संख्या १३ पुर्‍याइयो,यी हुन सम्भावित मन्त्री

लुम्बिनी प्रदेश सरकारले मन्त्रालयको संख्या बढाएर १३ पुर्‍याएको छ । यसअघि शंकर पोखरेल नेतृत्वको सरकारमा मुख्यमन्त्री कार्यालयसहित १० मन्त्रालय रहेकामा आइतबार बसेको मन्त्रिपरिषदले १३ पुर्‍याउने निर्णय गरेको हो ।

Advertisement 1

अब लुम्बिनी प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरिक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, कानुन, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि, खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय, पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय रहनेछन् ।
यहा माओवादी केन्द्र, कांग्रेस, जसपा र स्वतन्त्र समुहका समेत मन्त्रीमण्डलमा सामेल छन् । अब बिस्तार हुने मन्त्रीमण्डलमा नेकपा एकीकृत समाजवादीका सांसदलाई समेत समेट्ने तयारी गठबन्धनको रहेको छ । यहाँ विगतमा माधव नेपाल पक्षमा खुलेका सांसदहरु नया पार्टीमा सामेल हुनेबारे भने अझै निर्णय गरेका छैनन् ।

यी हुन सम्भावित मन्त्री
यहाँ ७ सदस्यीय मन्त्रिमण्डल रहेकाले अब बिस्तार हुनेमा ६ जना मन्त्री र अन्य केही राज्य मन्त्री रहने छन् । कुन पार्टीबाट कति मन्त्री सहभागि हुने भन्ने मोटामोटी टुंग्याएका यहाका दलहरुले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्रीहरुको टुंगो छिट्टै लगाउदैछन् । अब विस्तार हुने मन्त्रीमण्डलमा माओवादी केन्द्रले साविकको लुम्विनी क्षेत्रबाट पार्टीका प्रमुख सचेतक तुलाराम घर्ती मगरलाई पठाउने सम्भावना रहेको छ । त्यस्तै राप्ती क्षेत्रबाट इन्द्रजित थारु पठाउने तयारी थालेको माओवादी केन्द्रले भेरी क्षेत्रबाट कृष्णा केसी र तिलकराम शर्मामध्ये एक जनालाई पठाउने सम्भावना रहेको छ । माओवादी केन्द्रबाट मन्त्रीको चर्चामा दामाकुमारी शर्मा, सुर्दशन बराललगायत पनि रहेका छन ।

Advertisement 2

माओवादी केन्द्रले विमला वलीलाई राज्यमन्त्री बनाउने तयारी पनि गरेको छ । कांग्रेसबाट वीरवहादुर राना, सुरेन्द्र हमाल, वसिउद्दिन खा, निर्मला क्षेत्री र रमा अर्यालको मन्त्री बन्ने चर्चामा छन् । कांग्रेसका कोटामा पर्ने मन्त्रालयमा यीनै मध्येबाट पठाउने सम्भावना रहेको कांग्रेसका एक नेताले बताए । त्यस्तै कांग्रेसले रिना नेपाल विकलाई राज्यमन्त्री बनाउने सम्भावना रहेको छ ।

प्रकाशित :२०७८ भाद्र १४, सोमबार ०७:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry