करार कर्मचारी हटाउने नगरपालिकाको निर्णय, कर्मचारी आन्दोलित
सिराहाको गोलबजार नगरपालिकाले पनि करारका कर्मचारीहरूलाई हटाउने निर्णय गरेको छ । नगरपालिकाले म्याद थप नगर्ने निर्णय सार्वजनिक गरेपछि आइतबार आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको हो । करार सेवाअन्तर्गत कार्यरत कर्मचारीहरूको १ साउनदेखि म्याद थप नगरिने सूचना जारी गरेपछि आइतबार आधारभूत स्वास्थ्य सेवासमेत प्रभावित भएको हो ।
Advertisement 1
कार्यालय सहयोगीसहित १२ जना कर्मचारी हटाइएपछि आइतबार दिनभरजसो सेवा अवरुद्ध रहेको स्थानीयले बताए । चारवटै केन्द्रमा एक अहेव, एक अनमि र एक कार्यालय सहयोगी गरी १२ जना करारका कर्मचारी रहेको नगरका स्वास्थ्य शाखा संयोजक सरोज कर्णले जानकारी दिए ।
नगरका अन्य स्वास्थ्य संस्थामा करार सेवाका ३० जनामध्ये १२ जना सेवा केन्द्र र बाँकी अन्य स्वास्थ्य चौकीहरूका रहेको संयोजक कर्णले बताए । आफूहरू बिनाकारण निकालिएको भन्दै गोलबजार नगरपालिकाका करार कर्मचारी संघर्ष समितिले करारका कर्मचारी हटाउने अन्यायपूर्ण निर्णय सच्याउन माग गर्दै प्रमुख प्रशासकीय अधिकृतमार्फत नगर प्रमुख श्यामकुमार श्रेष्ठलाई आइतबार ज्ञापनपत्र बुझाएको छ ।