श्यामली

Advertisement 1

कोरोना कहरको लक डाउनले जन्म स्थल पुरयाएको थियो मलाई पनि । फोन आयो “ हशिना तिम्रो व्लड ग्रुप ओ नेगेटिभ होइन र रु ” चिन्न गाह्रो भएन मलाई जोगिन्दरको आवाज । किन सोध्न नभ्याइ श्यामली आम्दा अस्पतालमा छ, रगत चाहियो भन्यो उसले । अम्मालाई सोधे, “ बेटाके खातिर बिटियाकी लैन और का रु अइसे तो मर जाइ श्यामली ” फतफताइन उनी । श्यामली आठौ सन्तान जन्माउन नसकेर मृत्युसंग लड्दै रहिछे । रगत दिन मन नभएको होइन तर त्यो लक डाउनमा आम्दा अस्पताल पुग्न सजिलो थिएन । “आपके स्कुलके डिएसपी दोस्तको फोन करल्जा ” सुझायो छोटुले । मन त कत्ति पनि थिएन तर यस पटक बाध्यता थियो । फोन गरेर समस्याको बेली बिस्तार लगाए । “ तिमी बाहिर आउ म आउछु ” भन्यो उसले । जस्तो पहिरनमा थिए उस्तै पहिरनमा मात्र एउटा व्याग भिरेर बाहिर निस्कदा उ आइसकेको रहेछ । उसंगै गाडीको अगाडी सिटमा बसे । एक धर्को मुस्कानको सटासाट बाहेक केही कुराकानी भएन हामी बिच । स्कुलमा जस्तै गरी उसले थाहा नपाउने गरी हेरे उसलाई, उ पहिले भन्दा पनि अझ बढी खाइलाग्दो र राम्रो भएछ । आकाशे शर्टमा उ निकै आर्कषण देखिएको थियो । अस्पताल पुग्दा जोगिन्दर निलो मुख लगाएर बसेको थियो । विरामीलाई ताजा रगत चाहिने भनिएकाले म सहित रगत दिनका लागि चार जना थियौ । पालैपालो रगत दिइयो ।

अपरेशन भएको केही बेरमा नर्सले जोगिन्दरकी छैठौ तथा श्यामलीकी आठौ सन्तान छोरी ल्याएर दिइन् । जोगिन्दरले त छोरीको मुखै हेरेन । मोटा मोटा नाक सितकी जोगिन्दरकी फोटोकपी नै थिइ छोरी । सुत्केरीको पाठेघर कमजोर भएका कारण रक्तश्राव भइरहेको जानकारी प्राप्त भएको थियो हामीलाई । जोगिन्दर भुइमै हेरेर बसिरहेको थियो । डाक्टर बाहिर निस्केर बिरामी कोमामा जाला जस्तो छ भने । जोगिन्दरले के बुझ्यो कुन्नी झोला फालेर त्यहाबाट निस्क्यो ।

Advertisement 2


मैले सम्झिए, स्कुल पढ्दाको जोगिन्दर काला काला मोटा ओठ, ठुला आखा अनि डल्लो नाक । शारिरीक सुन्दरताको हिसाबले मध्यम तर मान्छे चाही साह्रै रसिलो । जोगिन्दर र तिर्थ अति मिल्ने साथी थिए, त्यसैगरी म अनि श्यामली । सबै एउटै कक्षामा पढ्थ्यौ । बिस्तारै किशोरावस्था आइपुग्दा श्यामली र जोगिन्दर एक अर्कालाइ मन पराउथे । अझ भनौ तीन पाते प्रेममा थिए । आजकल हुन्छ की हुन्न कुन्नी, त्यतिबेला प्रेम गर्नेका सन्देश बाहक हुन्थे । श्यामलीको तर्फबाट मैले र जोगिन्दरको तर्फबाट तिर्थले गर्थ्यौ त्यो काम । श्यामली हरिजनकी छोरी थिइ अनि जोगिन्दर जमिदार यादवको । यो अनुराग धेरै दिन लुक्न सकेन । जमिदारको छोरो मोज गर्छ भन्ने गर्थे रे जोगिन्दरका बाबुजीले । एल।एल।सी। दिदासम्म परिवारमा केही समस्या भएन । तर एलएलसी पछि लगत्तै श्यामलीको घरमा विहेको दबाब आयो ।

जोगिन्दरले घरमा श्यामलीलाई विहे गर्न चाहेको कुरो निकाल्दा ठुलै तमाशा भयो । बाबुजीले जोगिन्दरलाई घरबाट निकाले । त्यसताका जोगिन्दर मझला चाचाकोमा बस्थ्यो । श्यामलीका बाबुजीलाई भेटेर ५ वर्ष पछि फर्केर श्यामलीलाई विहे गर्ने वाचा गरी कोरिया तिर लाग्यो जोगिन्दर । तर जोगिन्दर कोरिया लागेको एक महिना पनि हुन नपाइ श्यामलीको विहे भयो रामवृक्षसंग । भेट्दा आफुले भोग्नु परेका शारिरीक तथा मानसिक यातनाको बारेमा भनेर रुन्थी श्यामली । उसको श्रीमानले पुर्व प्रेमीको कुरा निकालेर चोखी छैनेस् भनी कुट्ने गर्थ्यो रे । वर्ष बिराएर दुई छोरी पाई उसले २० वर्ष पुग्नु अघि नै । जोगिन्दर फर्के पछि फोन गरेर “ जमिदारको छोरो उसको लागि के के पो गरिन मैले । म बाच्न सक्दिन श्यामली बिना ” भनेको थियो । जोगिन्दर कोरिया लागेपछि जोगिन्दरका बाबुजीले धम्काएर विहे गराइदिएका रहेछन् श्यामलीको, पछि कुरो खुल्यो । त्यसपछि जोगिन्दर एक दिन पनि पर्खेन, श्यामलीलाई दुई छोरीहरु सहित लिएर आयो । पहिले बाबुजीले घरबाट निकालेका थिए पछि उ समाजबाट निस्कासित भयो ।

Advertisement 3

अविवाहित पुरुष भएर विवाहित श्यामली दुई छोरीहरु सहित ल्याएको जोगिन्दर, समाजमा खिल्लीको विषय भयो । तर जोगिन्दरको प्रेमलाई यी सब कुराले केही असर पार्न सकेन । अटल अचल थियो उसको प्रेम । हतासमा डुबेका श्यामलीको आँखामा जोगिन्दरको साहसपुर्ण प्रेमले आशाको दियो जलाएको थियो । समय बित्दै जादा जोगिन्दरका छोरी माथि छोरी थपिए । जोगिन्दर एउटा त छोरा होस् भन्ने चाहन्थ्यो । श्यामली पनि जोगिन्दरलाइ नाइ भन्न सक्दिनथी । आखिर उसको लागि संसारसंग लड्ने सर्वस्व थियो जोगिन्दर । विहान ६ बजे श्यामलीलाई अपरेशन कोठाबाट वार्डमा ल्याइयो । श्यामलीलाई देखेपछि अब बाच्ने भई भनि मेरो मनमा आशा जाग्यो । खुल्ने बित्तिकै जोगिन्दरलाई खोजे श्यामलीका आँखाले । म जोगिन्दरलाई खोज्न बाहिर निस्के । बाहिरको बेन्चमा टाउको हात लगाइ बसेको रहेछ । मेरो कुरा सुनेर हाम फाल्दै आयो उ । श्यामली र जोगिन्दर अर्कालाई हेरेर एकोहोरो आसु बगाइरहे । केही बेरमा नर्सले छोरी ल्याइ दिइन । छोरी जन्मेको थाहा पाएपछि निनाउरो भइ श्यामली ।

उसको लागि नातागोता समाज सबैसंग लडेको जोगिन्दरलाई एउटा छोरा दिन नसकेकोमा ग्यानी थियो उसमा । “ आहा टेन्सन न लो अगली बार बेटा होइ ” भनि श्यामलीले । शरिरले समर्पण गरेपनि उसको हृदयमा साहस थियो छोरा दिने । “ तो से प्रेम करिला तोहार दुख नाही जानबे का रु हम अपरेशन करवा लेबे । हमे बेटा नही तु चाही । ” जोगिन्दरले संकल्पको भाषामा भन्यो । आज फेरी जोगिन्दरको प्रेमको अगाडी छोरा हुनै पर्ने भ्रान्तीले हारेको देखे मैले । आखिर प्रेमका अगाडी सबै कुरा निस्सार हुदा रहेछन् । जोगिन्दरको प्रेमको अगाडी पहिले उच्च जातको जमिदारको छोरा भएको अहंकारले हार्यो । त्यसपछि कुमारी केटी विहे गर्नु पर्छ भन्ने पुरुष अहंकारले हार्यो । जोगिन्दरका वासना र अहंकार एक एक गर्दै श्यामलीको प्रेममा मेटिएको देखेकी थिए मैले । आखिर आफुलाई मेटाउनु नै प्रेमको अन्तिम शिखर रहेछ ।


तिर्थ मलाइ लिन आयो । हिजो जस्तै उसंगै अगाडी सीटमा बसे म । एक त उसको लागि भाव सुन्य जस्तो भएकी म अर्को रात भरको थकाइ फेरी हामी बिच मौनता छायो । यो मौनता आजको थिएन, २५ वर्ष अगाडीको थियो । स्कुल पढ्दा जोगिन्दर र श्यामली हरेक साझ आपको बगैचामा भेट्थे । म श्यामलीकी साथी अनि जोगिन्दरको साथी तिर्थसंगै हुन्थ्यौ । उनीहरु बगैचाको एउटा कुनातिर लागेर घण्टौ के गर्थे गर्थे । अहिले जस्तो भए मिस कल दिन्थे होला । म र तिर्थ घण्टौ उनीहरुलाई पर्खिरहन्थौ तर हामी बिच कहिलै कुनै प्रकारको कुराकानी भएन । एक दिन तिर्थले तिमीलाई मनपराउछ भनेकी थिइ श्यामलीले । सुनेर मलाई कता कता लाज पो लाग्यो । कसैलाइ भनेकी पो थिइन तर म तिर्थलाइ हृदय देखि नै मनपराउथे । केटाकेटी बुद्धि न हो एक दिन आट गरी प्रेम प्रस्ताव लेखेर लगे । सधै झै जोगिन्दर र श्यामली कुनातिर लागे । म कसरी दिउ भनि सोच्दै थिए । अचानक जोगिन्दर र श्यामलीका बाबुजी आइपुगे ।

ठुलो झगडा र पिटापिट भयो त्यहाँ । बल्ल बल्ल ज्यान जोगाएर भागियो । भाग्दा मेरो चिठी हरायो । भोलीपल्ट अरुको हातमा पर्ला भन्ने डरले चिठी खोज्न गए । त्यहा मैले लेखेको चिठी त थिएन तर तिर्थले मेरो लागि लेखेको प्रेम प्रस्ताव भेटे । जोगिन्दर र श्यामलीको बिचमा त मात्र उपल्लो र तल्लो जातको सिमारेखा थियो । तर हामी बिच धर्मको ठुलो पर्खाल थियो । जजमानी गर्ने उपध्याय ब्रामणको छोरो र कसाइ मुस्लिमकी छोरीको प्रेमले कति हिन्सा, अपहेलना, लान्छना र अपमान सहनुपर्थ्यो अनुमान गर्न सक्थे म । सायद त्यसदिनको आतंकले तिर्थले पनि अनुमान लगायो होला । आफुले प्रेम गरेको मान्छेको भागमा यति ठुलो संघर्ष लेख्ने हिम्मत भएन मेरो । मोबाइल झै हाम्रो प्रेम पनि अनिश्चितकालको लागि फ्लाइट मोडमा गयो ।


एसएलसी पछि तिर्थ उच्च शिक्षाका लागि काठमाण्डौतिर लाग्यो । मेरो निगाह खालाजानको छोरासंग भयो । भाग्य भनु की दुर्भाग्य निगाह भएको तीन महिना नहुदै तिर्थसंगको सम्बन्धको कुरा उठाएर तलाक दियो उसले । मुस्लिम महिलालाई नो भन्ने अधिकार हुदैन । न त निगाहलाई नो भन्न सके न तलाकलाई । पुनः निगाहको लागि कहिलै मन तयार भएन । अध्ययनलाई निरन्तरता दिए । कुनै समयको ठुलो चोटले आज देशको पहिलो मुस्लिम महिला सहसचिव बनाएको छ मलाई । लाखौ मुस्लिम तथा एकल महिलाको प्रेरणाको श्रोत हुन पाउदा जीवन सार्थक भयो जस्तो लाग्छ । तत्कालिन समयमा जति नै पिडा भएपनि जीवनमा कुनै पनि घटना नराम्रा हुदा रहेनछन् ।

सकारात्मक हुन सके समयले दिएको हरेक लात आशिर्बाद । ठोकिदैमा मान्छे टुक्रिएर छरिनु भएन । आफुसंग नहार्दासम्म मान्छेलाई कसैले हराउन सक्दैन रहेछ । मेरो जीवनको अनुभव यही रहयो ।
खै रु के बैराग चल्यो ४० वर्षको संघारमा अविवाहित छ तिर्थ । आज सोच्छु, एउटा प्रेम जसले सहास गरी सयौ जंघार तरेर एक एक गरी आफुलाइ मेटाउदै उच्चतम् शिखरको नजिक छ । अर्को प्रेम संघर्षको त्रासले अकर्मको चक्रब्युहमा परि ठिमुर्कीएको विरुवा झै नबढ्न सकेको थियो न मर्न । यी दुइ प्रेम बिच के फरक छ रु

प्रकाशित :२०७७ आश्विन ३, शनिबार १४:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry