एमाले केन्द्रीय कार्यालय भवनको मर्मत सुरु

काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले ललितपुर, च्यासलस्थित पार्टीको केन्द्रीय कार्यालय मर्मत थालेको छ।

Advertisement 1

गत भदौ २४ गतेको जेनजी प्रदर्शनका क्रममा एमाले केन्द्रीय कार्यालयमा तोडफोड र आगजनी भएपछि पार्टीले मर्मत सुरु गरेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। उनले तोडफोड र आगलागीबाट क्षति भएको भवनको छानो तथा पर्खालहरू मर्मतका साथै रङ्गरोगनका काम भइरहेको बताए।

इन्जिनियरले बुझाएको प्रतिवेदनमा तोडफोड र आगजनी भएको पार्टी कार्यालयको भवन प्रबलीकरण गरेर बस्न मिल्ने भनेपछि मर्मत थालेको हो। आगजनी र तोडफोड भएपछि कार्यालयको भवन नहुँदा पार्टी कार्यालय परिसरमा यही कात्तिक ८ गतेदेखि पाल टाँगेर एमाले अस्थायी रुपमा कार्यालय सञ्चालन गरेको छ।

Advertisement 2

गत भदौ २४ गते भएको जेनजीको आन्दोलनका क्रममा एमाले केन्द्रीय कार्यालयसहित देशभर ६४ पार्टी कार्यालयमा तोडफोड र १५८ भन्दा बढी नेता–कार्यकर्ताका निजी घर र व्यवसायसमेत क्षतिग्रस्त भएका थिए।

प्रकाशित :२०८२ कार्तिक ११, मंगलवार १४:३२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry