१० वर्षीया बालिका हत्या अभियोगमा पक्राउ परेका युवक सार्वजनिक

बर्दिया। बर्दियामा १० वर्षीया बालिका भारती (एन्जल) देउवाको कर्तव्य ज्यान अभियोगमा पक्राउ परेका युवकलाई सार्वजनिक गरिएको छ।
Advertisement 1
जिल्ला प्रहरी कार्यालय बर्दियाले आज पत्रकार सम्मेलन गगर्दै उक्त घटनामा संलग्न रहेको अभियोगमा पक्राउ परेका गेरुवा गाउँपालिका झबहीका २१ वर्षीय समीर तिरुवा (सुनार) लाई सार्वजनिक गरेको छ।
Advertisement 2
प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक सरोज पौडेलले मृतक यही असोज १७ गते सम्पर्कविहीन भएकामा खोजतलासका क्रममा असोज २० गते नजिकै गाडिएको अवस्थामा एन्जलको शव फेला परेको बताए।
घटनापछि अनुसन्धानका क्रममा पक्राउ परेका तिरुवाले बालिकाले लगाएको सुन र चाँदीको गहना लुट्ने क्रममा बालिकाले प्रहरीलाई भनिदिन्छु भनेपछि हत्या गरेको स्वीकारेको प्रहरीले जनाएको छ ।
Advertisement 3
प्रकाशित :२०८२ आश्विन २३, बिहीबार ११:५२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%