निजामति बिधेयक सरकारले फिर्ता लिने

काठमाडाैं। सरकारी कर्मचारीहरूलाई नियमन गर्ने बिधेयक संघीय निजामति बिधेयक सरकारले फिर्ता लिने आशंका हुन थालेको छ। यसै शंकालाई एकीकृत सरकारी कर्मचारी संगठन, नेपालका केन्द्रिय उपाध्यक्ष तथा प्रचार बिभाग प्रमुखले सामाजिक संजालको स्टाटसले थप मलजल गरेको छ।
Advertisement 1
उनले फेसबुकमा स्टाटस राख्दै कुलिङ पिरियडको लफडाले फेरी पनि सरकारले बिधेयक फिर्ता लिने सुत्रको खुलासा भनी लेखेका छन्।
कुलिङ पिरियडमा बदमासी भएको भनेर समिति बन्नु, राष्ट्रिय सभामा सरकारको नेतृत्व दल एमालेका तर्फवाट कुलिङ पिरियड हटाउने गरी संशोधन दर्ज हुनु, एमालेकै नेतृत्वमा रहेको बिधायन समितिको बैठक बस्ने र छलफल हुने सुरसार नहुनु, भर्खरै सामान्य प्रशासन मन्त्रि फेरिनु लगायतका गतिविधिहरूले लम्सालको भनाइ सत्य हो की भन्ने आशंका उब्जेको छ।
Advertisement 2
स्मरण रहोस यस अघिको निजामति बिधेयक पनि हालका प्रधानमन्त्रीबाट नै फिर्ता गरिएको थियो।