स्थानीय तहमा कला गोष्ठी गर्दै प्रतिष्ठान

काठमाडौं। नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले यतिबेला स्थानीय तथा प्रदेशस्तरमा पुगेर कला कार्यशाला एवं गोष्ठीका कार्यक्रम गर्दै आएको छ। प्रदेश, स्थानीय तह पुगी त्यहाँका विभिन्न समुदायमा रहेका कलाकृति उजागर गर्ने उद्देश्यले अन्तक्र्रिया र गोष्ठीसँगै कार्यशाला समेत गरिरहेको छ।

Advertisement 1

गोष्ठीबाट प्रादेशिक ललितकला प्रदर्शनीको तयारी गर्नुको साथै कला÷कलाकार सर्वेक्षण गर्ने र प्रादेशिक तथा राष्ट्रिय ललितकलामा पुरस्कृत कलाकृतिको डिजिटल प्रदर्शनी गर्ने योजना रहेको प्रतिष्ठानका सदस्य सचिव देवेन्द्र काफ्लेले बताए।

प्रदेश तथा पालिकामा स्थापित सांस्कृतिक संरचनासँग समेत सहकार्य गर्दै ललितकलाका विविध गतिविधिलाई अगाडि बढाउने लक्ष्यका साथ लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले आफ्ना गतिविधिलाई अगाडि बढाएको उनले जानकारी दिए।

Advertisement 2

यसै सन्दर्भमा प्रतिष्ठानले लुम्बिनी प्रदेशको बर्दघाट प्रज्ञा–प्रतिष्ठान, सुनवल नगर कला तथा वाङ्मय प्रतिष्ठान, बुटवल उपमहानगरपालिकास्थित कालिका मानव विज्ञान मावि, बुटवल, भेटघाट तथा अन्तक्र्रिया, सिया आर्ट ग्यालरी तौलिहवा, कपिलवस्तुमा अन्तक्र्रिया तथा अवधि लोककला कार्यशालालगायत थुप्रै स्थानीय तहमा कार्यशाला सम्पन्न गरेको छ।

यस्तै, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग लुम्बिनी प्रदेशमा ललितकलाका विषय गरिने कार्यक्रम तथा गतिविधिका बारेमा गहन छलफल भएको पनि महासचिव काफ्लेले बताए। दाङ घोराहीस्थित चौघेरामा नेपाल कमर्सियल आर्टिस्ट सङ्घ दाङ शाखा र योगी प्रभातनाथ प्रतिष्ठानसँगको सहकार्यमा अन्तक्र्रिया तथा चित्रकला कार्यशाला सम्पन्न भयो। कार्यशालामा घोराही उपमहानगरपालिका तथा तुलसीपुर उपमहानगरपालिकाका कलाकारको उपस्थिति रहेको थियो।

Advertisement 3

नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको लुम्बिनी प्रदेश समन्वय समितिमार्फत गरिएका उक्त कार्यमार्फत प्रदेशमा रहेको चित्रकला, मूर्तिकला, लोककला, शिल्प हस्तकला, परम्परागत कला, वास्तुकला, बहुआयामिक तथा अन्य सिर्जनात्मक कलालगायतका कलाका विविध पक्षको पहिचानसँगै संरक्षण, प्रवद्र्धन र विकास गर्ने लक्ष्यका साथ गतिविधि गरिएको थियो।

साथै, प्रतिष्ठानको टोलीले नेपालगञ्जस्थित नेपाल ललितकला संस्था बाँके, नेपाल कमर्सियल आर्टिस्ट सङ्घ बाँके, क्रिएटिभ आर्ट ग्यालरीको सहकार्यमा समेत अन्तक्र्रिया गरेको छ। सो कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वसदस्यसचिव सनत रेग्मी, राजनीतिक विश्लेषक नरेन्द्रजङ्ग पिटरलगायतका व्यक्तित्वको समेत सहभागिता रहेको थियो। स्थानीय कला कृति प्रोत्साहित गर्ने उद्देश्य राख्दै प्रतिष्ठान पश्चिम कर्णाली, सुर्खेतदेखि नेपालका पूर्वी भेगमा समेत पुगेको हो।

प्रकाशित :२०८२ कार्तिक २६, बुधबार १५:४९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम