काजका कर्मचारी राखेर समायोजन भएका कर्मचारी फिर्ता

तारकेश्वर नगपालिका समायोजन ऐन अनुसार तारकेश्वर नगरपालिकामा समायोजित कर्मचारीलाई फिर्ता पठाएको छ । नगरपालिकाले काजका कर्मचारीलाई राखेर समायोजन भएका कर्मचारी फिर्ता गरेको हो ।

Advertisement 1

पालिकाले समायोजन भएका २० कर्मचारीलाई फिर्ता पठाएर कामकाजका ६ स्वास्थ्यकर्मीलाई भने काजमै सो पालिकामा राखिएको पालिकाले जनाएको छ । समायोजन र समायोजन मिलान भई पालिकामा पुगेर उक्त पालिकाले जसमा सीता कोइराला, प्रवीण श्रेष्ठ, कान्तिकुमारी, सावित्री थपलिया, राधिकादेवी शर्मा, गंगादेवी अर्याल, सविता खनाल, लक्ष्मी तिमिल्सिना, राधाकुमारी शर्मा सुवेदी, तिलकुमारी विक, शारदा अधिकारी, गायत्री श्रेष्ठ, संगीता पौडेल र शशीकला सुनुवार लगायतलाई फिर्ता पठाएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र सामान्य प्रशासन मन्त्रालयले काजमा कार्यरत कर्मचारीलाई फिर्ता पठाउन परिपत्र गरेको भए पनि उक्त परिपत्रको विपरित त्यहाँ काजमा कार्यरत ६ जना स्वास्थ्यकर्मीलाई शोभा आचार्य, चेमेश्वरी गौतम, वर्षा गौतम, कृष्टि घले गौतम, जोयशा भट्टराई र कुसुम रेग्मीलाई भने काम गराइ रहेको पालिकाले जनाएको छ ।
यस्तै समायोजन पछि तारकेश्वरमा खटिएका अनिता कार्की, सुधा खत्री, बसुधा उप्रेतीलाई भने पालिकामै काममा राखिएको छ ।

नगरपालिकाको ११ भदौंको कार्यपालिका बैठकले कामकाजमा खटी आएका, समायोजन संशोधन भएर आएका र समायोजन मिलान भएर आएका स्वीकृती दरबन्दीभन्दा बढी कर्मचारीलाई फिर्ता गर्ने निर्णय गरेको थियो ।

प्रकाशित :२०८० भाद्र २२, शुक्रबार १२:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry