राजधानी काठमाडौंमा १५ दिन निषेधाज्ञा थप
काठमाडौं उपत्यकामा निषेधाज्ञा अरु १५ दिन लम्बिने भएको छ । उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जारी निषेधाज्ञा आगामी १२ जेठसम्म लम्बाउने निर्णय गरेको हो । कोरोना भाइरस संक्रमण रोकथामका लागि वैशाख १६ गतेदेखि काठमाडौंमा जारी निषेधाज्ञा वैशाख २९ गतेसम्म कायम थियो । अब १५ दिन थपिने भएको छ ।
Advertisement 1
उपत्याकामा जारी निषेधाज्ञा भोली राती १२ बजेबाट सकिँदै थियो ।
अब हुने निषेधाज्ञालाई अझैं कडाई गरिने भएको छ । अत्यावश्यक बाहेकका कार्यलयहरु बन्द हुनेछन् भने होटल र पार्टी प्यालेसमा हुने विवाहलाई पनि बन्देज लगाइएको छ । त्यस्तै पसलहरु बिहान १० बजेसम्म खोल्न दिने निर्णय भएको छ । यस अघि बिहान ९ बजेसम्म मात्र खोल्न पाइने थियो । काठमाडौंका स्थानीय तहका जनप्रतिनिधिको सिफारिस अनुसार निषेधाज्ञा थप्ने निर्णय गरिएको ललितपुरका सीडीओ ढुण्डीप्रसाद निरौलाले जानकारी दिए ।