सामान्य प्रशासन मन्त्री बन्दै अनितादेवी,ल्याउन सक्लिन त संघीय निजामती सेवा ऐन ?

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी अनितादेवी साहले पाउने भएकी छिन् । माओवादीका मन्त्री अमनलाल मोदीलाई फिर्ता बोलाएर रिक्त हुन पुगेको सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी साहलाई दिन लागिएको हो ।
Advertisement 1
माओवादी पार्टीका एक पदाधिकारीका अनुसार, जनमतकी अनिता देवीलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय दिने तयारी भइरहेको छ । साहले भोलि बिहान १० बजे पद तथा गोपनियताको शपथ लिने छिन् ।
माओवादी पदाधिकारी बैठकले मोदीलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेको छ । नयाँ मन्त्रीको शपथ भोलि बिहान राष्ट्रपति कार्यालय शीतल निवासमा हुने बताइएको छ ।
Advertisement 2
जनमत पार्टीको सचिव समेत रहेकी साह राजनीतिमा लाग्नु अघि गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। गत स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी थिइन्।
साहका अगाडि सामान्य प्रशासनबाट सहमतिका लागि अर्थ र कानुन मन्त्रालयमा पुगेर रोकिएको संघीय निजामती सेवा ऐन ल्याउनु सबैभन्दा ठूलो चुनौति देखिन्छ ।