निजामती र संस्थानका कर्मचारीको मर्यादा र जिम्मेवारी

विशिष्ट सीप , ज्ञान र क्षमता भएका स्थायी प्रवृतिका राज्यको कोषबाट तलब भत्ता पाउने, गैर सैनिक व्यवसायीक समूहलाई निजामती सेवा भनिन्छ ।निजामती सेवा सरकारी कोषबाट तलबभत्ता पाउने विशिष्ट ज्ञान सिप भएका स्थायी प्रकृतिका नागरिक सेवामा समर्पित खुला एवं आन्तरिक प्रतिस्पर्धाबाट छानिएर आएका गैह्र राजनीतिक कर्मचारीहरूको व्यावसायिक सेवा सङ्गठन वा पद हो ।

Advertisement 1

नेपालको संविधानको धारा २४३ अन्तर्गत स्पष्टीकरणमा “निजामती सेवाको पद” भन्नाले सैनिक वा नेपाल प्रहरी वा सशस्त्र प्रहरी बल, नेपालको कर्मचारीको सेवाको पद तथा निजामती सेवाको पद होइन भनेर ऐन बमोजिम तोकिएको अन्य सेवाको पद बाहेक नेपाल सरकारका अरु सबै सेवाको पद सम्झनु पर्छ भनी उल्लेख गरिएको छ साथै निजामती सेवा ऐन, २०४९ को दफा ३ बमोजिम गठन भएका सेवालाई निजामती सेवा भनिन्छ । निजामती सेवा अन्तरगत नेपाल आर्थिक योजना तथा तथ्याङ्क सेवा,नेपाल कृषि सेवा,नेपाल परराष्ट्र सेवा,नेपाल लेखापरीक्षण सेवा,नेपाल विविध सेवा,नेपाल इञ्जिनियरिङ्ग सेवा,नेपाल प्रशासन सेवा,नेपाल वन सेवालाई समावेश गरेको छ । यस्तै संसद र स्वास्थ्य सेवालाई समेत निजामती सेवाभित्रै राखिएको छ ।

वस्तु तथा सेवाको उत्पादन एवम् बिक्री वितरण गर्ने सार्वजनिक उद्यमलाई सार्वजनिक संस्थान भनिन्छ । सार्वजनिक संस्थानमा सरकारको पूर्ण वा आंशिक लगानी हुन्छ, सरकारी स्वामित्व भएकाले सरकारी नियन्त्रण एवम् निर्देशन हुन्छ तर पनि व्यवस्थापनमा स्वायत्तता हुन्छ, व्यावसायिक गुण हुन्छ, सार्वजनिक जवाफदेहिता हुन्छ, कानुनी रूपमा स्वतन्त्र हुन्छ, सेवा प्रदान गर्ने उद्देश्य हुन्छ । सरकारको पूर्ण वा अधिकांश नियन्त्रणमा रहेर व्यवसाय गर्ने संगठनलाई सार्वजनिक संस्थान भनिन्छ भनी संयुक्त राष्ट्रसंघले परिभाषा गरेको पाइन्छ । यही संस्थानमा काम गर्ने कर्मचारीलाई संस्थानको कर्मचारी भनेर परिभाषित गरिएको छ । हाल नेपालमा ४३ सार्वजनिक संस्थान रहेका छन् ।

Advertisement 2

यो अंकमा हामी निजामती र संस्थानका कर्मचारीको मर्यादा र जिम्मेवारीको भिन्नताबारे प्रकाश पार्ने प्रयास गरेका छौं ।

suujan
प्रकाशित :२०७९ फाल्गुन ५, शुक्रबार ११:५१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry