रसुवाको कुन पालिकालाई कति बजेट ? बढी नौकुण्ड,कम आमाछोदिङ्मोलाई

रसुवा जिल्लाका ५ स्थानीय तहलाई सङ्घीय सरकारबाट रु १ अर्व ७९ करोड २ लाख अनुदान बजेट विनियोजन भएको छ । जिल्लाका पाँच गाउँपालिकालाई सङ्घीय सरकारले आर्थिक वर्ष २०७९÷८० का लागि बजेट बाँडफाँट गरेको हो ।

Advertisement 1

पाँच गाउँपालिकामा सबैभन्दा बढी यो बर्ष नौकुण्डले पाएको छ भने सबै भन्दा कममा यो बर्ष आमाछोदिङ्मोले पाएको छ । नौकुण्ड गाउँपालिकालाई रु २४ करोड ९६ लाख बजेट विनियोजन गरिएको छ । उत्तरगया गाउँपालिकालाई रु २३ करोड ३४ लाख, कालिका गाउँपालिकालाई रु २१ करोड ११ लाख, गोसाइकुण्ड गाउँपालिकाको लागि रु २१ करोड ५ लाख बजेट विनियोजन भएको छ । यस्तै आमाछोदिङ्मो गाउँपालिकालाई रु १७ करोड ७३ लाख विनियोजन भएको छ ।

प्रकाशित :२०७९ जेष्ठ १८, बुधबार १०:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry