रास्वपालाई साँघुरो भयो बसुन्धराको कार्यालय, बालाजुको छ तले घरमा

राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय कार्यालय सार्ने भएको छ ।बसुन्धरा चोकमा रहेको कार्यालय साँघुरो भएपछि बालाजुमा सार्न लागिएको रास्वपाका महामन्त्री मुकुल ढकालले बताए । आगामी बिहीबारदेखि पार्टी केन्द्रीय कार्यालय बालाजुुमा सार्न लागिएको छ ।

Advertisement 1

बसुन्धारास्थित कार्यालय साँघुरो भएको जनाउँदै असार ७ गतेदेखि बालाजुमा रहेको एउटा छ तले भवनमा कार्यालय स्थानान्तरण गर्न लागिएको र नयाँ कार्यालय भवन पार्टी नेता डा. भरत देवकोटाको भएको बुझिएको छ ।

पार्टीका अनुशासन समितिमा रहेका घरधनी देवकोटालाई भाडा वापत मासिक साढे ३ लाख तिर्ने सहमति भएको ढकालले बताए ।बसुन्धरामा रहेको भवनका लागि रास्वपाले मासिक डेढ लाख भाडा तिर्दै आएको थियो । ‘कम्तिमा २०८४ को चुनावसम्म हामी यही घरमा रहने तयारीमा छौं,’ उनले भने ।

प्रकाशित :२०८० असार ४, सोमबार ०९:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry