लोकसेवा,अख्तियार लगायतका संवैद्यानिक निकायमा नियुक्तिको सिफारिस

संवैधानिक परिषद्ले लोकसेवा लगायतका संवैधानिक आयोगमा नियुक्तिका लागि सिफारिस गरेको छ। आज आइतबार बसेको तीन सदस्यीय बैठकले संवैधानिक आयोगहरुमा रहेका केहि रिक्त पदमा नियुक्तिका लागि सिफारिस गरेको हो।
अहिले लोकसेवा आयोगका अध्यक्षसहित ६,निर्वाचन आयोगमा २,अख्तियारमा २ आयुक्त,वित्त आयोग,महिला,दलित लगायतका केही संवैद्यानिक अंगहरु रिक्त छ । परिषद्ले तिनै निकायमा नियुक्तिका लागि सिफारिस गरेको हो । वैठकमा प्रधानमन्त्री ओली,प्रधानन्यायधीश चोलेन्द्र शमशेर राणा र राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनामात्र उपस्थित थिए । सो बैठकमा प्रमुख प्रतिपक्षी कांग्रेसका सभापति देउवा र सभामुख अग्नि सापकोटा भने अनुपस्थित रहे ।
गत ३० मंसिरमा जारी भएको अध्यादेशबाट दोस्रोपटक संवैधानिक निकायमा नियुक्तिका लागि सिफारिस गरिएको हो।

प्रकाशित :२०७८ बैशाख २६, आईतवार १२:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry