सरुवा भएको २० दिनमै मन्त्रिपरिषद्को निर्णय बदर, पाण्डेले साथमा पाए पिएसो पिएसओ

काठमाडौं। उद्योग, कृषि तथा सहकारी मन्त्रालय, कोशी प्रदेशमा कार्यरत सचिव शरणकुमार पाण्डेलाई सरकार (मन्त्रिपरिषद्) ले २०८२ साउन २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको थियो। तर २० दिनमै मन्त्रिपरिषद्ले सो निर्णय बदर गर्दै पुनः कोशी प्रदेशमै यथावत रहेका छन्।
Advertisement 1
मन्त्रीले काम नलगाउने भन्दै सचिव चढ्ने गाडीको चाबी खोसिएको आरोपसमेत सार्वजनिक भएपछि असुरक्षा भएको ठहर गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत पाण्डेलाई पिएसओ खटाइएको प्रदेश सरकारले जानाएको छ।
सरकारले नेपाल कृषि सेवा, लाइभ स्टक पोल्ट्री एण्ड डेरी डेभलपमेन्ट समूहका सचिव पाण्डेलाई कोशी प्रदेशको उद्योग, कृषि तथा सहकारी मन्त्रालयबाट कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको थियो। तर २०८२ भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले सो निर्णय उल्ट्याउँदै उनलाई पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा त्यस अन्तर्गत, कोशी प्रदेशमै खटाउने निर्णय गरेसँगै विवाद भएको हो ।
(मन्त्रिपरिषद्) ले २०८२ साउन २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा गरेको पत्र
Advertisement 2
२०८२ भदौ १३ गतेको मन्त्रिपरिषद् बैठकले पुनः मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय वा त्यस अन्तर्गत, कोशी प्रदेशमै खटाएको पत्र