आचारसंहिता विपरीत करारमा कर्मचारी भर्ना,आयोगले सोध्यो स्पष्टीकरण

निर्वाचन आचारसंहिता जारी भइसकेपछि पनि त्रिभुवन विश्वविद्यालयले करार सेवामा कर्मचारी भर्ती प्रक्रिया अघि बढाएपछि निर्वाचन आयोगले स्पष्टीकरण सोधेको छ ।

Advertisement 1

निर्वाचन आचारसंहिता जारी भइसकेको अवस्थामा कर्मचारी सरुवा, नियुक्तिदेखि बढुवासम्मका काम गर्न नपाइने कानुनी व्यवस्था भए पनि त्यसलाइ कुल्चिएर त्रिविले करारमा कर्मचारी भर्ना गर्न लागेको भेटिए पछि निर्वाचन आयोगले एक्सन लिएको हो ।

निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्य निर्वाचनका लागि जारी आचारसंहिताको प्रतिकूल हुने गरी त्रिभुवन विश्वविद्यालयको जनस्वास्थ्य केन्द्रीय विभाग र चिकित्सा शिक्षाशास्त्र अध्ययन संस्थानलाई २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न भनेको छ।

Advertisement 2

स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित कार्यमा हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने जनाएको छ।

भत्ता वृद्धि गर्ने लगायतका कुनै पन आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरिएको छ। होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनी आयोगले स्पष्टीकरण सोधेको छ।

प्रकाशित :२०७९ कार्तिक १, मंगलवार ०८:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry