कर नीति, भन्सार नीति, भन्सार दर परिमार्जन गर्ने

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूको समुपस्थितिमा स्वदेशी वस्तुको उत्पादन र उपभोग अभिवृद्धि जस्ता विषयमा छलफल भएको छ । ०७९ जेष्ठ ६ गते आयात व्यवस्थापन एवं निर्यात प्रवर्द्धनका लागि आगामी आर्थिक वर्ष २०७९र८० को आर्थिक ऐनमा समावेश गर्नुपर्ने कर नीति, भन्सार नीति, भन्सार दर एवं एचएस कोड समायोजनरपरिमार्जन गर्ने विषयमा छलफल सम्रपन्न भएको हो।
Advertisement 1
छलफलमा परिवर्तित सन्दर्भमा मन्त्रालयले खेल्नुपर्ने भूमिका र निर्वाह गर्नुपर्ने दायित्वका विविध विषयमा छलफल भएको थियो।त्यस अवसरमा मन्त्री बडूले आन्तरिक उत्पादन वृद्धिमा देखिएका नीतिगत एवं अन्य कठिनाईहरुको समाधान गर्न सरकार तयार रहेको बताए।उनले नेपाल आफैले उत्पादन गर्न सक्ने र स्वदेशमै उपलब्ध हुने दैनिक उपभोग्य वस्तुहरुमाथिको निर्भरता चिन्ताको विषय भएकोले यसमा तत्काल देखिने गरि काम गर्नुपर्ने र स्वदेशी वस्तु उपभोगको संस्कृति अभिबृद्धि गर्न सबैले जोड् दिनुपर्ने बताए।
सरकारले निजी क्षेत्रसँगको समन्वयमा नेपालमा उपलब्ध नभएका पेट्रोलिमय पदार्थलगायतका अन्य वस्तुहरूको विकल्पमा जान अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढ्ने र यससम्बन्धमा निजी क्षेत्रबाट उपयुक्त सुझावको अपेक्षा व्यक्त गरे।
Advertisement 2
निजी क्षेत्रका प्रतिनिधिहरुले पेट्रोलियम पदार्थको विकल्प खोज्नुपर्ने, उत्पादन लागत घटाउन व्यापार सहजीकरण, उद्योगको विकासका लागि लगानीमैत्री वातावरण बनाउनुपर्ने र साना तथा घरेलु उद्योगहरुलाई प्रवर्द्धन गर्ने नीति लिनुपर्नेलगायतका सुझाव दिएका थिए।
Advertisement 3
छलफलमा मन्त्रालयका सचिवद्वय डा. गणेश प्रसाद पाण्डेय, अर्जुन प्रसाद पोखरेल, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल घरेलु तथा साना उद्योग महासंघ, महिला उद्यमी महासंघलगायत संघ संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।