राष्ट्रिय स्वार्थ र नेपाल

राष्ट्रिय स्वार्थ समस्त राष्ट्र संग गांसिएको विषय हो। राष्ट्रिय स्वार्थ संग गांसिएका विषय आन्तरिक र बाह्य हुन सक्छन् तर पनि बाह्य देश र त्यसमा पनि छिमेकी देश संग जोडिएको चासोलाई राष्ट्रिय स्वार्थ संग हेर्ने गरिन्छ। ॲंग्रेजी शब्दकोषले राष्ट्रिय स्वार्थलाई यसरी परिभाषित गरेको पाईन्छ, “ National Interest refers to the set of goals, objectives and priorities that a sovereign state seeks to achieve and protect in order to achieve to ensure its survival , security, prosperity and overall well being .
Advertisement 1
अर्थात आफ्नो अस्तित्व, सार्वभौमिकता र समृद्धीको रक्षाका लागि निर्धारण गरिने लक्ष र प्राथमिकतालाई राष्ट्रिय स्वार्थ भनिन्छ।
राष्ट्रिय स्वार्थका किसिमः-
(१). प्राथमिक/ अनिवार्य स्वार्थः- यस अन्तर्गत सुरक्षा र सार्वभौमिकता पर्दछन्।
(२). दोश्रो तहको स्वार्थः- यस अन्तर्गत ब्यापार तथा वाणिज्य र सांस्कृतिक आदान प्रदान समेटिन्छन्।
(३).स्थायी स्वार्थः- यस अन्तर्गत दीर्घ कालीन लक्ष जस्तै सार्वभौमिकता जोगाई राख्ने विषयहरू यस अन्तर्गत पर्दछन्।
(४).विविध स्वार्थः- समय र परिस्थिति बमोजिम परिवर्तन भै रहने स्वार्थहरू जस्तै अस्थायी गठवन्धनहरू
हाम्रो देश नेपालका राष्ट्रिय स्वार्थहरूलाई पनि यी नै वर्गीकरण भित्र राखेर हाम्रा निकट र परका छिमेकी देशहरू संग हामीले गर्ने र उनीहरूबाट हामी उपर देखाउने ब्यबहारको कसीमा राखेर मूल्यांकन गर्नु पर्ने हुन्छ।
Advertisement 2
हाम्रा राष्ट्रिय स्वार्थहरू बलियो बनाउन पहल गर्ने जिम्मा हाम्रै हुन आउछ। यस मामिलामा हाम्रा राजनीतिक र ब्यक्तिगत स्वार्थ गौण हुन पुग्छन्। हामी विभिन्न राजनीतिक विचारमा विभक्त हुन सक्छौ तर राष्ट्रिय स्वार्थमा हामी एक हुन सकेमा मात्र हामीले राष्ट्रिय स्वार्थलाई जोगाउन सक्छौ। हामी भूगोलले वा क्षेत्रफलले साना हुन सक्छौ तर सार्वभौमिक हिसाबले कुनै पनि ठूला भनिने राष्ट्र संग समान हौ। ठूला भनिने राष्ट्रहरूको हेपाई र मिच्याई सहन वाध्य हुदैनौ।
हामीले हाम्रो राष्ट्रिय स्वार्थको रक्षा गर्न अन्तर्राष्ट्रिय र वहु पक्षीय मन्चहरूलाई उपयोग गर्न सक्नु पर्छ। हामी राजनीतिक तवरले विभक्त हुन सक्छौ तर राष्ट्रिय स्वार्थको संरक्षणमा विभक्त हुने छुट हामीलाई छैन।
Advertisement 3
हाम्रा नेताहरूमा संकिर्णता छ, ब्यक्तिगत स्वार्थ पूरा गर्नका लागि राष्ट्रिय स्वार्थलाई ओझेलमा पार्ने बानी छ। त्यसै गरी राष्ट्रिय स्वार्थलाई चुनावी हत्कण्डा र सस्तो लोकप्रियतामा उपयोग गर्ने बानी छ। हाम्रा नेताका यस्ता कमजोर कृयाकलापले राष्ट्रिय स्वार्थ कदापि बलियो हुदैन।
हाम्रा प्रधान मन्त्री के पी शर्मा वलीले निकट भविष्यमा छिमेकी देशहरूको भ्रमण गर्दै हुनुहुन्छ। यो क्षणलाई हाम्रो राष्ट्रिय स्वार्थको हितमा प्रयोग गर्न नेपालको सिंगो संसद एक भएको छ। यस्तो अवस्था नेपालको चुच्चे नक्सा प्रकाशनको समयमा पनि देखिएको हो तर यसरी गरिने काममा राष्ट्रिय एकताले मात्र नपुग्ने रहेछ भन्ने कुरा यो नक्साले यथार्थ भूगोलको मापन गर्न नसक्दाको परिणामले देखाएको छ। हामीले हाम्रो दावीलाई विश्व रंगमन्चमा प्रभावकारी तवरबाट उठाउन नसकेको पक्कै हो। उदाहरणका लागि हाम्रो जग्गाधनी प्रमाणपत्रमा भएको क्षेत्रफल बमोजिमको जग्गा सधियारले मिच्दा त हामीले छर छिमेक, भद्र भलाद्मी, मालपोत, नापी समेत संग हार गुहार गर्नु पर्छ भने अन्तर्राष्ट्रिय सीमाना कायम भएको हाम्रो साध सीमाना उपर अतिक्रमण हुदा हामी जुन तवरले उभिनु पर्ने थियो त्यसरी उभिन नसकेको पक्कै हो। यसको खोजी गर्न ढिला भएकै हो र खोजी गर्ने ढंग नपुगे कै हो तर यसो भन्दैमा कानमा तेल हालेर हाम्रो सार्वभौमिकता गुमाउने छुट हामीलाई छैन, त्यसैले यस पटक हुने हाम्रा सरकार प्रमुखको भ्रमणले हाम्रो राष्ट्रिय स्वार्थलाई विश्व सामु राख्ने आट र दृढता आओस्।
हाम्रा राष्ट्रिय स्वार्थका विषयमा उठाउनु पर्ने सबै विषयहरू एकै पटक छताछुल्ल हुने गरी उठाउने कुरा पनि त्यति परिपक्व मानिदैन। यसको निम्ति ठूलै तयारी गर्नु पर्छ। अहिले हाम्रो मुख्य स्वार्थ भनेको हाम्रा दुई छिमेकी राष्ट्र चीन र भारत संग जोडिएको र नेपालले लामो समय देखि उठाउदै आएको नेपालको उत्तर पश्चिम सीमामा चीनको मिलेमतोमा भारतले मिचेको भूमि लिम्पियाधुरा, लिपुलेक र कालापानीको विषय नै हो। यो विषयलाई उठाउन ज्यादै अनुकूल परेको समय पनि यही हो। त्यसैले चीनको शंघाईमा निकट भविष्यमा हुन गै रहेको यो अन्तर्राष्ट्रिय भेलालाई नेपालले उपयोग गरेर हाम्रो राष्ट्रिय स्वार्थ जोगाउने काम गर्नु पर्छ।
यस किसिमका कुटनीतिक भ्रमणहरूमा हाम्रो कमजोरी के देखिने गरेको छ भने हामी विना तयारी वा अपूरो तयारीका साथ प्रस्तुत हुने गरेका छौ, हामी तार्किक रूपले कुरा राख्न सक्दैनौ, हामीले यस्ता विषयलाई कता कता हल्का रूपले लिई रहेको अनुभूति हुने तवरले प्रस्तुत हुन्छौ, चाहिने भन्दा ठूलो संख्याको जम्बो टोली लिएर जान्छौ। हाम्रा छिमेकीले हाम्रो कुटनीतिक नसो पत्ता पाईसकेका छन् र हाम्रो बार्गेनिॅग क्षमता कमजोर छ भन्ने पनि थाहा पाई सकेका छन्। यी र यस्ता कारणले राष्ट्रिय स्वार्थका हाम्रा विषयले न्याय पाउन सकेका छैनन्। हाम्रा नेताहरूले यस्ता भ्रमण र भेटघाटलाई केवल आफ्नो सत्ता लम्म्याउने हतियारको रूपमा प्रयोग गर्ने हुदा हाम्रा राष्ट्रिय स्वार्थ वन्धनमा परेका छन्।
यो परिवेश र परिस्थितिलाई ध्यानमा राखेर यस पटक हुन गै रहेका सरकार प्रमुखका दुबै भ्रमण राष्ट्रको स्वार्थ पूरा गर्न सफल होऊन्, शुभकामना।