जलवायु परिवर्तन र विकासको द्वन्द्व

विश्व आज जलवायु परिवर्तनको गम्भीर संकटको सामना गर्दैछ। यो परिवर्तनले मात्र नभई वातावरणीय असन्तुलन, प्राकृतिक प्रकोपको वृद्धि, जल स्रोतको क्षरण, र पारिस्थितिकीय प्रणालीमा असर पुर्याइरहेको छ। तर, विकास पनि मानव सभ्यताको आवश्यक पक्ष हो जसले जनजीवन सुधार्न, गरिबी हटाउन, र आर्थिक समृद्धि ल्याउन सहयोग पुर्याउँछ। यद्यपि, विकास र जलवायु परिवर्तन बीच गहिरो द्वन्द्व रहेको छ।
नेपाल जस्ता विकासशील मुलुकहरूका लागि यो द्वन्द्व अझ जटिल छ। विकासका लागि ऊर्जा, पूर्वाधार, उद्योग र कृषि क्षेत्रको द्रुत प्रगति आवश्यक छ, तर यी क्रियाकलापहरूले वातावरणीय प्रदूषण र हरितगृह ग्याँस उत्सर्जन बढाउने खतरा हुन्छ। यसले जलवायु परिवर्तनलाई थप तीव्र बनाउँछ र प्राकृतिक स्रोतमा दबाब पर्छ।अर्कोतर्फ, जलवायु परिवर्तनले कृषिमा निर्भर नेपाललाई व्यापक चुनौती दिएको छ। असिनाले धानबाली नष्ट हुनु, हिमनदीहरू पग्लिनु, बाढी र पहिरोको जोखिम बढ्नु जस्ता असरले विकासका योजना प्रभावित भएका छन्। यसले गरिबी र असमानता झन् गहिरो बनाएको छ।
तर, जलवायु संरक्षण र दिगो विकास बीच समन्वय गर्न सकिने सम्भावना पनि छ। नवीकरणीय ऊर्जा प्रविधि, हरियाली कृषि, वातावरणमैत्री पूर्वाधार, र जनचेतना अभिवृद्धि मार्फत विकासलाई पर्यावरणीय अनुकूल बनाउन सकिन्छ। यसले दीर्घकालीन समृद्धि र पर्यावरणीय संरक्षण दुवै सुनिश्चित गर्न सहयोग पुर्याउँछ।
नेपालले जलवायु परिवर्तनको चुनौतीलाई अवसरमा बदल्न दिगो विकासका नीति र रणनीतिहरू तयार गर्नु जरूरी छ। अन्तर्राष्ट्रिय सहयोग, प्राविधिक नवप्रवर्तन र स्थानीय स्तरमा प्रभावकारी योजना कार्यान्वयन गरेर मात्र विकास र पर्यावरणबीचको द्वन्द्वलाई सन्तुलनमा ल्याउन सकिन्छ। यसले नेपाललाई समृद्ध र हरियाली भविष्यतर्फ अग्रसर बनाउनेछ।
जलवायु परिवर्तन आजको विश्वको मुख्य समस्यामा परिरहेको छ, जसले मानव जीवन, पर्यावरण र आर्थिक क्षेत्रमा गम्भीर प्रभाव पारेको छ। जलवायु परिवर्तनको कारण तापमान वृद्धिका कारण पृथ्वीको वायुमण्डलमा अस्वाभाविक परिवर्तन भइरहेको छ, जसले जलवायुका विभिन्न तत्वहरूमा दीर्घकालीन परिवर्तन ल्याइरहेको छ।मानवजन्य क्रियाकलापहरू, जस्तै खनिज इन्धनको अत्यधिक प्रयोग र वन विनाश, हरितगृह ग्यासको उत्सर्जनलाई बढाउँदै गएका छन् । जलवायु परिवर्तनको कारण पृथ्वीको औसत तापमान बढ्दो छ। यो तापमान वृद्धि सौर्य विकिरणमा असन्तुलन ल्याउने कारणले जलवायु परिवर्तनको गति बढाउँछ।
विकासशील मुलुकहरुमा बसोबास गर्ने मानिसहरुले जलवायु परिवर्तनबाट सबैभन्दा धेरै क्षति बेहोर्नुपर्नेछ । किनकि उनीहरुसँग जलवायु परिवर्तनको सामना गर्नका लागि स्रोत र साधनको कमी छ । विकसित मुलुकहरुको तुलनामा हरितगृह ग्यास उत्सर्जनमा निकै कम भूमिका रहेका ती मुलुकहरुले जलवायु परिवर्तनका असरहरु भने धेरै भोग्नु परिरहेको छ ।जलवायु परिवर्तनका कारण पृथ्वीको महासागर तथा जलीय जीवन पनि खतरामा परिरहेको छ । तीव्र रुपमा तातिरहेको पृथ्वीमा जीवहरुका लागि आवश्यक खाना तथा पानी फेला पार्न पनि मुस्किल हुनेछ ।उदाहरणका लागि तापक्रम वृद्धिका कारण ध्रुवीय हिउँ पग्लिंदा पोलार भालुको प्रजाति नै संकटमा पर्न सक्दछ । साथै एउटा हात्तीलाई दैनिक आवश्यक पर्ने डेढ सयदेखि ३ सय लिटर पानी पाउनै मुस्किल पर्न सक्दछ ।आवश्यक कदम नउठाउने हो भने यो शताब्दीको अन्त्यसम्ममा ५५० प्रजातिहरु लोप हुनसक्ने चेतावनी वैज्ञानिकहरुको छ ।
संयुक्त राष्ट्रसघको जलवायु निकाय आईपीसीसीका अनुसार यदि विश्वको तापक्रम वृद्धिलाई १।५ डिग्री सेल्सियसमा सीमित राख्न नसकिएमा बेलायत तथा युरोप अत्यधिक वर्षाका कारण भयानक बाढीको चपेटामा पर्ने ,मध्यपूर्वका देशहरुले अत्यधिक गर्मीको लहरका कारण व्यापक सुख्खा खडेरीको सामना गर्नुपर्ने, प्रशान्त क्षेत्रका टापु राष्ट्रहरु समुद्रमा डुब्न सक्ने, विभिन्न अफ्रिकी देशहरुले खडेरी तथा खाद्यान्नको अभावको सामना गर्नुपर्ने,पश्चिमी अमेरिकामा खडेरीको सम्भावना हुनुका साथै अत्य क्षेत्रमा धेरै तीव्र आँधीहरू आउने, अष्ट्रेलियामा अत्यधिक गर्मी तथा जंगलमा लाग्ने डढेलोका कारण जनधनको क्षतिको खतरा बढ्ने जस्ता असर देखिनेछन् ।
अहिले विश्वको जलवायुमा जुन तीव्र परिवर्तन देखिइरहेको छ त्यो मानिसले आफ्नो घर, कारखाना तथा परिवहनका लागि प्रयोग गरिएको पेट्रोलियम, ग्यास तथा कोइलाको उपयोगका क्रममा उत्सर्जित हरितगृह ग्यासका कारण भएको हो ।जब यी जिवाश्म इन्धनहरू दहन हुन्छन् तब त्यसबाट हरितगृह ग्यासहरु निस्किन्छन्, जसमा सबैभन्दा ठूलो हिस्सा कार्वनडाइ अक्साइडको रहेको हुन्छ । यी ग्यासहरुका कारण विश्वको तापक्रममा बढोत्तरी हुने मात्र होइन पृथ्वीको सुरक्षा कवचको रुपमा रहेको ओजोन तहमा पनि क्षति पुर्याउँदछन् ।ओजोनको पत्रमा प्वाल पर्दा सूर्यको परावैजनी किरणसहित अत्यधिक तापक्रम पृथ्वीमा आउँदछ, जसले पृथ्वीमा तापक्रम बढाउने काम गर्दछ । मानवीय गतिविधिहरुका कारण विश्वको तापमान बढिरहेको छ र जलवायु परिवर्तनले मानिसको जीवनका हरेक पहलुहरुलाई खतरातर्फ धकेलिरहेको छ ।यदि यो मुद्दालाई यत्तिकै अनियन्त्रित रुपमा छाडिदिने हो भने मानिस तथा प्रकृतिले विनाशकारी तातो वायुको लहर तथा सुख्खा र गर्मीको सामना गर्नुपर्नेछ भने समुद्रको जलस्तर बढ्नुका साथै व्यापक रुपमा जैविक विविधताको विलोपन हुनेछ ।
जलवायु वैज्ञानिकहरुका अनुसार यदि विश्वलाई जलवायु परिवर्तनका सबैभन्दा खराब परिणामबाट बचाउने हो भने तापमान वृद्धिमा नियन्त्रण गर्नु आवश्यक हुन्छ ।पेरिस जलवायु सम्झौताले पनि विश्वलाई विनासबाट बँचाउनका लागि सन् २१०० सम्ममा विश्वको तापमान वृद्धि १।५ डिग्री सेल्सियसमा राख्ने लक्ष्य लिएको छ ।तर यदि उक्त लक्ष्य प्राप्तिका लागि विश्वका मुलुकहरुले प्रभावकारी कदम नचाल्ने हो भने तापक्रम वृद्धि छिटै नै २ डिग्री सेल्सियसभन्दा धेरैले बढ्ने पक्का रहेको वैज्ञानिकहरुको भनाइ छ ।स्वतन्त्र क्लाइमेट एक्सन ट्रयाकर रुपको सन् २०२१ को रिपोर्ट अनुसार यो शताब्दीको अन्त्यसम्ममा विश्वको तापक्रम २।४ डिग्री सेल्सियसले बढ्ने खतरा समेत रहेको छ ।यदि हतिरगृह ग्यासको उत्सर्जनमा कमी ल्याउनका लागि प्रभावकारी कदम नचालिएमा विश्व उष्णणीकरण ४ डिग्री सेल्सियस पनि नाघ्नसक्ने खतरा रहेको वैज्ञानिकहरु बताउँछन् । यसले भयानक गर्मीको लहर उठ्नेछ भने लाखौं मानिसहरुले समुद्रको बढ्दो जलसतहमा आफ्ना वासस्थानहरु गुमाउनेछन् । यसले जीव तथा वनस्पतीका लाखौं प्रजातिहरुलाई अपूरणीय क्षति पुग्नेछ ।
नेपालमा करिब २३२३ वटा हिमतालमध्ये धेरै जलवायु परिवर्तनको नकारात्मक प्रभावले गर्दा फुट्न सक्ने अधिकतम जोखिममा छन्। वि।सं २०६६ मा हुम्ला जिल्लाको हल्जी क्षेत्रमा ताक्सो हिमताल फुटेर आउँदा बाढीको प्रकोप भएको थियो। तापक्रम बृद्धिले खुम्बु हिमनदीमा क्रमिक विचलन देखापरेको छ। इसिमोडले गरेको अध्ययनअनुसार उक्त हिमनदीबाट प्रतिवर्ष औसत ६५ फिट खस्किदै गएको छ। हिमाली क्षेत्रमा बसोबास गर्ने जनताको जीवनस्तरमा विभिन्न समस्याहरु हुन् थालेका छन् । तराई र पहाडी जिल्लाहरुमा ठूलो मात्रामा किसानले लगाएको बालीनालीमा क्षति गरेर खाद्य सङ्गट उत्पन्न भइरहेको छ। तराईका जिल्लाहरुमा अत्यधिक मात्रामा मौसममा उथलपुथल भइदिनाले जनजीवन अस्तव्यस्त भइरहेको हामीले भोगिरहेका छौं। तीब्र गतिमा जलवायु परिवर्तन भइरहेको खण्डमा पृथ्वी जीवजन्तुको बासस्थानको लागि योग्य नहुने, प्राकृतिक प्रकोपको खतरा झन् बढ्ने । हिउँ पग्लेर हिमतालहरू फुट्न सक्ने, विभिन्न रोगको संक्रमण अझै बढ्न सक्ने, ऋतुहरूको समय हेरफेर हुनेजस्ता समस्या आउन सक्छन्। पृथ्वीका धेरै ठाउँ मरुभूमिमा परिणत हुन सक्छन्।
समुन्द्रको सतह बढ्न गइ होचा स्थानहरुमा भएका राष्ट्रहरु डुबानमा पर्न सक्ने खतरा पनि जलवायु परिवर्तनको कारणले बढेको छ। मौसममा आएको परिवर्तनले गर्दा समयमा पानी नपर्नाले उत्पादनमा कमी, विभिन्न सरुवा रोगहरुको प्रकोप बढ्न गएको छ । पृथ्वीको सौन्दर्य बिस्तारै संकटमा पर्न थालेको, जीवजन्तुका लागि योग्य वासस्थानको अभाव हुनु, औद्योगिकीकरण तथा यातायात क्षेत्रमा खनिज इन्धनको व्यापक प्रयोग एवं वन विनाशको कारण हरितगृह ग्या“सको अत्यधिक उत्सर्जनबाट जलवायु परिवर्तनमा तीब्रता आएको छ। यी असरहरु जलवायु परिवर्तनको कारणले मानवय जीवनमा देखा पर्दै गएका छन्।
विकासोन्मुख मुलुकहरूमा जलवायु परिवर्तनका असरहरूको मुख्य कारण आर्थिक स्रोतको अभाव, दक्ष जनशक्ति नहुँदा र समयसापेक्ष नीतिहरूको कमी हो। नेपालको जस्तो भौगोलिक विविधता भएको देशमा हिमालको पग्लनु, अनियमित वर्षा, बाढी र पहिरो जस्ता प्रभावहरू धेरै देखिएका छन्। यी प्रभावहरूले भौतिक पूर्वाधार, कृषि उत्पादन र जनस्वास्थ्यमा ठूलो असर पुर्याइरहेका छन्।परिवर्तनले तापमान वृद्धि, अनावृष्टि, अतिवृष्टि, बाढी, पहिरो र नदी कटानका कारण कृषि क्षेत्रमा नकारात्मक प्रभाव परेको छ, जसका कारण कृषि उत्पादन घट्न सक्छ र समग्र आर्थिक वृद्धिमा सङ्कुचन आउन सक्छ। साथै, जलवायु परिवर्तनले श्रम उत्पादकत्व, पारिवारिक आय र अर्थतन्त्रलाई प्रतिकूल प्रभाव पार्ने सम्भावना पनि छ।
हिमाली क्षेत्रको तापमान बढी बढ्दा हिमनदी पग्लेर ताल बन्न थालेका छन्, जसले अप्रत्याशित बाढी र पहिरोको जोखिम निम्त्याउन सक्छ। यसरी बढ्दै गएमा केही दशकभित्र हिमालका क्षेत्रहरू मरुभूमिमा परिणत हुने खतरा देखिन्छ। जलवायु परिवर्तनले नेपाल र अन्य विकासोन्मुख मुलुकहरूको कृषि, पूर्वाधार र अर्थतन्त्रमा गम्भीर असर पार्नेछ, जसका लागि तत्काल समाधान र प्रभावकारी नीति आवश्यक छ।
अर्को तर्फ चुरे पर्वत श्रृखलामा पनि प्राकृतिक श्रोतको चरम दोहन हुन थालेपछि त्यहाँको वातावरणमा व्यापक फेरबदल हुन शुरु भएको छ। जमिन मुनीको पानी समेत सुक्नुका साथै वन–जंगल मासिने र ढुंगा, बालुवा, गिट्टीको अनधिकृत ओसार पसार तथा योजना विनाका बाटा खन्ने कामले गर्दा चुरे क्षेत्र जर्जर हुँदै गएको छ। तर चुरेभाँवरको दोहनमा कुनै कमी आएको छैन।हिमाल र पहाड मात्र नभई तराईमासमेत कृषियोग्य जमीनको प्लटिङ र घर तथा शहरको निर्माण, बढ्दो जनसङ्ख्या र यातायातको साधनको बढ्दो चापले गर्दा पानीको हाहाकार, बढी उष्ण वायुका साथै खाद्यान्नको अभाव हुन थालेको छ।यस्तो अवस्थामा बढ्दो तापमानसँगै पानीको अभाव र उष्णताले गर्दा माटोको उर्वरा शक्ति घट्ने हुँदा कृषियोग्य जमीनको उत्पादकत्वमा ह्रास आउन थाल्छ भने मानवजाती र पशुपंक्षीको जीवनचक्रमा नै नकारात्मक प्रभाव पार्न थाल्दछ।
विश्वव्यापीरूपमा बढेको यस समस्याका लागि विश्वका औद्योगिक तथा धनी राष्ट्र जिम्मेवार रहेको यथार्थ विभिन्न अध्ययन प्रतिवेदनले सार्वजनिक गरिसकेका छन्। हरितगृह ग्यासको प्रमुख कारकको रूपमा देखिएको कार्बन डाइअक्साइडको उत्सर्जन नै विश्वव्यापी उष्णीकरण र जलवायु परिवर्तनको कारक मानिएको छ । धनी र औद्योगिक मुलुकले कार्बन डाइअक्साइड अत्यधिक उत्सर्जन गरे पनि नेपाल जस्ता विकासोन्मुख तथा अति कम विकसित मुलुकहरूले यसलाई खप्नसक्ने हैसियत प्राप्त गर्न अझै बढी कठिनाइ भोग्नु परिरहेको ।
गर्मी छलेर ठण्डा क्षेत्रमा बसोवास गर्ने आकांक्षा मानवजातिमा मात्र हुँदैन। उदाहरणको निम्ति केही वर्षदेखि नेपालमा नै लामखुट्टेदेखि लिएर कैयन् प्रजातिका चराचुरुङ्की र जङ्कली जनावर जस्तै चितुवा, बाघ र सर्प, विच्छी समेत अग्लो भूमि खोज्दै पहाड र हिमाल पुग्न थालिसकेका छन्।मलेरिया र डेङ्कु अब तराईको मात्र समस्या नभई नेपालका सबै क्षेत्रमा फैलँदै गएका छन्। त्यस्तै तापमान वृद्धि कै कारण हिजो आज उच्च पहाडी इलाकामा पनि आँप र लिच्ची फल्न थालेका छन्। वर्षेनी टाढा टाढाबाट नेपालमा आएर केही समय बस्ने आप्रवासी चराहरूको संख्या बिस्तारै घट्न थालेको छ। तापमान र जनसंख्यामा वृद्धि तथा खेतीयोग्य जमीन र सिमसार क्षेत्रहरू घट्दै जानाले पनि त्यस्ता चराहरूले खानपान, बसोवास र बचेरा हुर्काउने जस्ता कुरामा यो क्षेत्र असुरक्षित भएको महसुस गरेर अन्यत्र जान थालेका छन्।जलवायु परिवर्तन कै कारण कैयन् जीव–जन्तु तथा माछा र किटाणुहरूको साथै धेरै थरी वनस्पति समेत लोप हुने क्रम बढ्दो छ । आकाशे पानीमा निर्भर हुनु पर्ने कृषिमा ह्रास आएपछि पशुपंक्षीको अवैध शिकारमा पनि वृद्धि हुने गर्दछ र फलस्वरूप प्राकृतिक इकोसिस्टममा नै खलल पर्न थाल्दछ। अहिले दशैँ र गर्मी तिहारका साथै माघे झरी माघमा नपर्ने, माघीमा जाडो नहुने, चैते हुरी चैतमा नआउने तथा मनसुनको शुरुवातमा पनि ढिलाई हुँदै जाने क्रम जलवायु परिवर्तनसँगै जोडिएको छ। केही दशक अघिसम्म पहाडी इलाकामा भदौतिर देखि ठण्डी मौषम शुरु हुने गरेकोमा हिजो आज कार्तिक महिनासम्म पनि गर्मी हुने र लामखुट्टे र साङला जस्ता जीवहरू देखा परिरहने हुन थालेको छ।एकातिर हामी जलविद्युतको ठूलो सम्भावना भएको राष्ट्रको रूपमा चिनिन्छौँ भने अर्को तर्फ जलवायु परिवर्तन कै कारण हाम्रो जलविद्युत उत्पादन क्षमतामा ठूलो ह्रास आउन थालिसकेको छ भने हालैका बाढी पहिरोका कारण पनि कैयन् चालु तथा निर्माणाधीन जलविद्युत केन्द्र तथा प्रसारण लाइनहरू नराम्ररी क्षतिग्रस्त भएका छन्। जलवायु परिवर्तन कै कारण भूमिगत जल भण्डार पनि सुक्दै गएको छ।
जलवायु परिवर्तनको मूलकारक नेपाल जस्ता विकासोन्मुख मुलुक होइनन् तर हालका दिनमा विश्व जलवायु परिवर्तनले हिमालय लगायत मानव जीवन, सामाजिक–आर्थिक विकास, जैविक विविधता, पर्यटकीय विकास आदि क्षेत्रमा नकारात्मक असर पुर्याउन थालेको छ । फलस्वरूप अतिवृष्टि, अनावृष्टि, बाढी, पहिरो, हिमपहिरो, सुख्खाजस्ता प्राकृतिक विपद्को जोखिम समेत बढिरहेको छ। हिमालय क्षेत्र नजीकका भू–भागमा मात्र होइन, यसको नकरात्मक प्रभाव दक्षिण एसिया र सम्पूर्ण विश्वको वातावरणीय सन्तुलनमा समेत पर्न गएको अवस्था विधमान छ ।जलवायु परिवर्तनले नेपालमा धेरै नकारात्मक असरहरू ल्याएको छ, जसले जमिनको उत्पादकत्व, मानव स्वास्थ्य, र प्राकृतिक संसाधनहरूमा गम्भीर प्रभाव पारेको छ। तापक्रमको वृद्धि, खडेरी, बेमौसम भारी वर्षा, र हिउँ पर्नमा कमीले कृषि उत्पादनमा गिरावट र बाढी, पहिरो जस्ता प्रकोपहरू बढाएका छन्।मानव स्वास्थ्यमा पनि प्रत्यक्ष र अप्रत्यक्ष प्रभाव परेको छ, जसले रोगहरूको प्रकृति र विस्तारलाई बदल्दछ। किटाणुजन्य र कीटजन्य रोगहरू, जस्तै मलेरिया, डेंगु, र जापानिज इन्सेफलाइटिस, तीव्र रूपमा फैलिएका छन्। साथै, जलवायु परिवर्तनका कारण मानसिक रोग, कुपोषण, मिर्गौला पत्थरी, र अन्धोपन जस्ता समस्याहरू पनि बढेका छन्।पानीको स्रोतको कमी, गर्मीको वृद्धि, र जलवायुका कारण कृषि र पशुपालनमा नकारात्मक असर परेको छ। वर्षा र तापक्रमको परिवर्तनले कृषि उत्पादनमा गिरावट ल्याएको छ, र कृषकहरूको जीवनयापन कठिन बनेको छ।
जलवायु परिवर्तनका प्रमुख प्रभावहरूमा चरम मौसमी घटनाहरू, समुद्र सतहको वृद्धि, वर्षा र तापक्रममा फेरबदल, र ध्रुवीय र हिमाली क्षेत्रहरूमा हिउँ पग्लनु समावेश छन्। यस समस्यालाई समाधान गर्नका लागि प्रभावकारी कदमहरू अपर्याप्त छन्। यसलाई विश्वव्यापी रूपमा शासकीय स्तरमा मान्यता र पहल आवश्यक छ।जलवायु परिवर्तन मानव गतिविधिहरूको परिणाम हो, जसले दीर्घकालिक पर्यावरणीय, सामाजिक र आर्थिक संकट निम्त्याइरहेको छ। यसको समाधानको लागि वैश्विक सहयोग र ठोस कदमहरू आवश्यक छन्।
हिमनदीको पग्लने प्रक्रिया र तापक्रमको वृद्धि लगायतका कारण प्रकोपजन्य जोखिमहरू बढिरहेका छन्। बाढी, पहिरो, र भू–क्षयका घटनाहरू बढ्दै गएका छन्, र यो भविष्यमा भोकमरी र वसाई सराईको कारण बन्नेछ।जलवायु परिवर्तनका नकरात्मक असरहरूबाट बच्न र मानवीय र वातावरणीय क्षति कम गर्न अनुकूलनको आवश्यकता छ। यसका लागि सामूहिक प्रयास र समयमै सचेतनाका साथ पूर्वतयारी र क्षमता विकास गर्नु अत्यन्त आवश्यक छ।
हरितगृह ग्यास उत्सर्जन र जलवायु परिवर्तनको निदानका लागि राज्यस्तरमा नै पेट्रोलियम पदार्थको खपतमा कमी ल्याउँदै नवीकरणीय उर्जा जस्तै जलविद्युत, सौर्य तथा वायु र वायो उर्जाको विकास तथा उपयोग गर्ने, वातावरणमैत्री आर्थिक विकास र निर्माणमा विशेष ध्यान दिने तथा आवश्यकता अनुसार मात्र सवारी साधनको उपलब्धतामा विशेष पहल गर्ने कार्यको आजै थालनी गर्नु पर्दछ।वन–जंगल फडानी र यसको अप्राकृतिक दोहनमा नियन्त्रण गर्नुका साथै सक्दो वृक्षरोपण तथा सिमसार क्षेत्रको संरक्षण र मानव निर्मित ताल तथा पोखरीहरूको व्यापक निर्माण र वर्षे पानी जम्मा गर्ने जस्ता पुरातन प्रणालीलाई पुनर्जागृत गर्नु पर्दछ । कृषि, औद्योगिक र शहरी क्षेत्रहरू छुट्टाएर बढी भन्दा बढी हरित र जल क्षेत्रको विकास गर्नु उचित हुन्छ। आम जनतामा वातावरणको महत्व झल्काउन व्यापक रूपमा वा अर्को शव्दमा प्रदेश र स्थानीय स्तरमा समेत सचेतना कार्यक्रमहरू सञ्चालन गरिनु पर्दछ भने सार्क सदस्य राष्ट्रहरूले एकापसमा समन्वय गरेर यी सब कार्यक्रम सबै सदस्य राष्ट्रमा सञ्चालन गर्नु आवश्यक छ ।
नेपाली अर्थतन्त्रमा जलवायु परिवर्तनजन्य असर कम गर्न सकिने तर्फ पनि सम्बन्धित क्षेत्रको ध्यानाकर्षण हुनु जरुरी छ। जलवायु परिवर्तन रोक्नका लागि ठूलो भूमिका सरकार तथा उद्योग व्यवसायको रहेको छ । तर वैज्ञानिकहरुका अनुसार हरेक मानिसको जीवनमा केही स साना परिवर्तन गर्नेहो भने पनि यसले जलवायु परिवर्तनलाई कम गर्न मद्दत गर्दछ । यस्ता प्रयासहरुमा ःहवाई जहाजको यात्रा कम गर्ने,जिवाश्म इन्धनबाट चल्ने गाडीको प्रयोग नगरी विद्युतीय गाडीको प्रयोग गर्ने,मासु तथा दुग्धजन्य पदार्थको उपयोग कम गर्ने,ऊर्जा खपत घटाउने, किफायती बनाउने, आफ्नो घरको उर्जाको चुहावट घटाउने,ग्रार्हस्थ्य प्रयोगमा आउने ग्याँसलाई बिजुलीले विस्थापित गर्ने आदि उपायहरु अवलम्वन गर्न सकिन्छ ।
विश्व बैंकको प्रतिवेदनले औँल्याएको महत्वपूर्ण विषय नेपालको जलविद्युत्को सम्भावना हो। यो अति महत्वपूर्ण छ। बैङ्गले जलविद्युत् उत्पादनलाई बढावा दिएर त्यसको खपत सकेसम्म स्वदेशमै गरेर नेपाली अर्थतन्त्रलाई बहुआयामिक गर्न सहायकसिद्ध हुने तथ्य औँल्याएको छ । स्वदेशभित्रै विद्युतीय ऊर्जाको प्रयोगले लगानी, उत्पादन, आय र रोजगारीमा सकारात्मक प्रभाव पर्नेछ। नेपाली अर्थतन्त्रलाई बढी भएको जलविद्युत्लाई छिमेकी राष्ट्र भारत, बंगलादेश, भुटान, नेपाल ९ बीबीआईएन ० सञ्जालको व्यापार मेरुदण्डका रूपमा औँल्याउनु पनि हाम्रा लागि सुखद विषय हो। यो विषयलाई कार्यान्वयन गर्नेतर्फ सरकारी निकायले उपयुक्त रणनीति तथा गृहकार्य सुरु गरिहाल्नु मुलुकको अर्थतन्त्रका लागि लाभदायक हुनसक्छ । जलवायु परिवर्तनको विषयलाई आर्थिकलगायत मानव जीवनका सबै पक्षसँग लेखाजोखा गरिँदा जलवायु परिवर्तनका कारक विषयहरूको नियन्त्रणमा नै ध्यान दिनु श्रेयष्कर हुन्छ। यसबाट समस्त विश्व तथा मानव सभ्यतामा नै सकारात्मक प्रभाव पर्नेछ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन्)
प्रकाशित :२०८२ जेष्ठ ९, बिहीबार १२:१२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%