तीन महिनाको विपद्ः ९३ जनाको मृत्यु, २२ बेपत्ता

काठमाडौं। गत वैशाखदेखि असारसम्मको तीन महिनामा २ हजार ६५ वटा विपद्जन्य घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यो वर्षको ३ महिनामा ती विपद्जन्य घटनामा परेर ९३ जनाको मृत्यु भएको छ भने २२ जना बेपत्ता भएका छन्।

Advertisement 1

प्राधिकरणका प्रवक्ता एवं उपसचिव सुरेश सुनारका अनुसार ती घटनामा परेर आजसम्म ४ सय ४५ जना घाइते भएका छन्। उनले ती घटनामा परेर ४ हजार १३६ परिवार प्रभावित भएका जानकारी दिए।

प्राधिकरणले आज सार्वजनिक गरेको विसं २०८२ को पछिल्लो ३ महिनाको विवरणअनुसार बाढीका मात्रै १ सय ३७ घटना भएकामा ती घटनाबाट १३ जनाको मृत्यु र २२ जना बेपत्ता भएका छन्।

Advertisement 2

केही दिनअघि गत असार २४ गते रसुवा भोटेकोशीमा आएको बाढीले सबैभन्दा बढी मानवीय क्षति गराएको थियो। माथिल्लो क्षेत्रमा भएको हिमताल विष्फोटबाट उक्त घटना भएको थियो।

यस्तै पहिरोका १ सय ७५ घटनामा ६ जनाको मृत्यु भएको छ। चट्याङ्बाट २६, आगलागीबाट १४, जनावरको आक्रमणबाट १२ र लेक लागेर ११ जनाको मृत्यु भएको प्रवक्ता सुनारले जानकारी दिए। अन्य हावाहुरी, सर्पदंश, भारी वर्षाबाट पनि मानवीय क्षति भएको प्राधिकरणले जनाएको छ।

Advertisement 3

बाढीबाट मात्रै १ हजार २४६ तथा आगलागीबाट १ हजार ४८ परिवार प्रभावित भएका छन्। पहिरो, चट्याङ्, भारी वर्षा, सर्पदंश, हावाहुरी, वन डढेलो, सर्पदंशलगायत घटनाबाट सयौँ परिवार प्रभावित भएका जनाइएको छ।

प्रकाशित :२०८२ श्रावण २, बिहीबार १६:०५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry